logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अन्तरिक्षबाट पृथ्वीमा आइपुगे रक्सीका १२ बोतल


  • राजनीति
  • बिहिबार, माघ ८ २०७७

शीर्षक पढ्दा तपाईंलाई अचम्म लाग्यो होला तर समाचार सत्य हो। अन्तरिक्षबाट वाइनका १२ बोतल पृथ्वीमा आइपुगेका छन्। यी वाइनका बोतल फ्रान्सको उच्चस्तरीय ब्राण्ड बोर्दो रेड वाइनका हुन्। फ्रान्सका वाइन पारखीहरुलाई अर्को महीनामा विशेष ‘टेस्टिङ इभेन्ट’ गरेर अन्तरिक्षबाट आएका वाइनको स्वाद चखाउने योजना बनाएको छ स्पेस कार्गो अनलिमिटेड कम्पनीले। अन्तरिक्ष उधोगको क्षेत्रमा लक्जमबर्गको प्राइभेट कम्पनी हो स्पेस कार्गो अनलिमिटेड।

आफ्नो कौतुहल र शंकाको समाधान गर्नुस्, कुरा के हो भने वर्ष २०१९ को नोभेम्बर महिनामा स्पेस कार्गो अनलिमिटेड कम्पनीले वाइनका १२ बोतल अन्तरिक्षमा रहेको ‘इन्टरनेश्नल स्पेस स्टेशन’मा पठाएको थियो। एक वर्षभन्दा बढ़ी समय वाइनका यी बोतल अन्तरिक्षको शून्य गुरुत्वाकर्षणमा रहे। स्पेस स्टेशनमा रहेका अन्तरिक्ष यात्रीले यिनको स्वाद लिन पाएनन्। सीलबन्द यी बोतललाई एउटा स्टीलको सिलेण्डर बनाई अति सुरक्षित पाराले भण्डारण गरिएको थियो।

पृथ्वीबाट वाइनका बोतल अन्तरिक्षमा पठाउनु र एक वर्ष पछि तिनलाई पुनः पृथ्वीमा ल्याउनुको उद्देश्य अन्तरिक्षको शून्य गुरुत्वाकर्षणले खाद्य पदार्थमा के कस्तो प्रभाव पार्छ जान्नु रहेको थियो। अब वाइनका बोतल पृथ्वीमा फर्काएर ल्याइएको छ। फेब्रुअरी २०२१ मा फ्रान्सका वाइन विशेषज्ञ र पारखीहरुको जमघटमा यी वाइनको स्वाद परीक्षण गरिने छ। कम्पनीको चासो शून्य गुरुत्वाकर्षणले वाइनमा के कस्तो प्रभाव पार्यो भन्ने जान्नु रहेको छ।

यस अभियानमा स्पेस कार्गोका अतिरिक्त फ्रान्सको बोर्दो यूनिभर्सिटी र जर्मनको बवेरिया युनिभर्सिटी पनि सम्मिलित रहेका थिए। स्वाद परीक्षण उपरान्त अन्तरिक्षबाट फर्किएको वाइनको अन्य वैज्ञानिक परीक्षण गरिने छ। वैज्ञानिक यो जान्न आतुर छन शून्य गुरुत्वाकर्षण र अन्तरिक्षको विकिरणले वाइनको आणविक संरचनामा के कस्तो प्रभाव पारेको छ। स्पेस कार्गोका सीइओ निकोलस गामे भन्छन्, अन्तरिक्षमा एक वर्ष रहेर फर्किएका वाइनको वैज्ञानिक परीक्षण गर्नु नौलो अनुभव हुनेछ। एक वर्ष त्यहाँ रहँदा वाइनको गुणस्तरमा के कस्तो परिवर्तन ल्यायो ? त्यसको परीक्षण र परिणामले एग्रीकल्चर साइन्सका क्षेत्रमा धेरै कुरा उद्घाटित हुन्छन्।

उनी भन्छन् – हाम्रो प्रयास अन्तरिक्षमा एग्रीकल्चरको सम्भावना अध्ययन गर्नु रहेको छ। अन्तरिक्षमा हुने खेतीवारीले पृथ्वीको खाद्यान्न समस्यालाई हल गर्न सक्छ।

खाद्य पदार्थमा शून्य गुरुत्वाकर्षण र अन्तरिक्षमा हुने विकिरणले पार्ने प्रभावको बारेमा जानकारी हासिल भएपछि यस दिशामा संभावनाका नयाँ द्वार खोलिन सक्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार