logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

बाइडेनकाे पहिलाे फाेन जस्टिनसंग पुटिन किन परेनन् कार्यसुचीमा ?


  • राजनीति
  • बिहिबार, माघ ८ २०७७

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले पहिलो फोनवार्ता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोसँग गर्नेछन् ।

बाइडेनकी प्रेस सचिव जेन साकीले आफ्नो पहिलो ह्वाइट हाउस ब्रिफिङमा यसबारे जानकारी दिएकी हुन् । उनका अनुसार नयाँ राष्ट्रपतिले हप्ताको अन्त्यसम्म विदेशी नेतासँग कुरा गर्ने र पहिलो फोन क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोलाई गर्ने जानकारी दिएकी छिन् ।

साकीले भनिन्, ‘उहाँले शुक्रबार प्रधानमन्त्री जस्टिन ट्रूडोसँग पहिलो फोनवार्ता गर्नु हुनेछ । मलाई आशा छ कि क्यानडासँग निश्चित रुपमा उहाँले महत्वपूर्ण सम्बन्धका साथ किस्टोन एक्सएल पाइपलाइनलगायतका मुद्दामा आज जुन हामी निर्णय लिँदै छौं, त्यसबारे पनि चर्चा हुनेछ । यद्यपि, राष्ट्रपति पुटिनसँग कुराकानीको कुनै योजना छैन । आशा छ कि उहाँको सुरुवाती कुराकानी साझेदारी र सहयोगसहित हुनेछ । जो बाइडेनले ती सम्बन्धलाई नयाँ ढङ्गले सुरु गर्नु र संसार सामू भएका चुनौती र खतरलाई टाढा राख्न निकै महत्वपूर्ण भएको मान्यता राख्नुहुन्छ ।’

साकीले भनिन्, ‘जो बाइडेनको शीर्ष प्राथमिकता अमेरिकी जनताका लागि एक अतिरिक्त कोभिड–१९ राहत प्याकेजमाथि सम्झौताका लागि संसद्सँग काम गर्नु हो ।’

उनले भनिन्, ‘उहाँ सधैं सुतेर उठेपछि यो महामारीलाई कसरी नियन्त्रण गर्ने भनेर सोच्नुहुन्छ । यो त्यस्तो मुद्दा हो । राती सुत्नु अघि पनि उहाँको ध्यान यसैमा केन्द्रीत हुन्छ । यो प्याकेज त्यसै तर्फ एक महत्वपूर्ण कदम हो र यसले अमेरिकी जनताका लागि आर्थिक पुल बनाउने काम गर्नेछ । भ्याक्सिन वितरणका लागि यसमा आवश्यक फन्डको व्यवस्था पनि हुनेछ । उहाँ पूर्ण रुपमा यसमा नै व्यस्त हुनुहुनेछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार