logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महान्यायाधिवक्ता खरेलले पेश गरे सर्वोच्चमा राजपत्र


  • राजनीति
  • शुक्रबार, माघ ९ २०७७

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन् ।

बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि इजलासले महान्यायाधीवक्तालाई राजपत्र छ कि छैन भनेर प्रश्न गरेको थियो ।

महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए । उनले भने, ‘हिजो मैले राजपत्रका कुरा उठेपछि मागेको थिए । मेरो पीएलाई पनि खोज्न लगाए वेबसाइटमा भेटिएन ।’

सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो । महान्यायाधिवक्ताले शुक्रबार इजलासलाई राजपत्र दिँदै आफू कामविशेषले हिजो अफिस फर्केको बताए । सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार