logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड माधव समुहकाे स्थायी कमिटीकाे बैठक सुरु


  • राजनीति
  • आइतबार, माघ ११ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ । आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आइतबार साढे बाह्र बजे बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

यो पक्षले शुक्रबार प्रतिनिधिसभा बैठक विघटनविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। शनिबार पनि स्थायी कमिटी सदस्यबीच पार्टीका हालका एजेन्डामाथि अनौपचारिक छलफल गरेको थियो। यसअघि प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई स्पष्टिकरण सोधेको थियो। ओलीले जवाफ भने दिइसकेका छैनन्। स्पष्टिकरण नदिएमा प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय स्थायी कमिटीले गर्ने जनाइएको छ।

यो पक्षले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरिसकेको छ। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक पक्षको प्रचण्डले नेतृत्व गरेका छन् अर्को पक्षको प्रधानमन्त्री ओली आफैले गरेका छन्।

संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेर प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार