राजनीति
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य उषाकिरण जेलबाट छुटे लगतै पुन गिरफ्तार भएकाछन । सर्बोच्च अदालतको आदेशमा जेल मुक्त भएका उनलाइ केन्द्रिय कारागारको गेटबाटै गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ ।
पुष ६ गते गिरफ्तार भएका उनिलाइ पुष २६ गते जिल्ला अदालत काठमाडौले १० हजार धरौटी माग गरेको थियो तर उनले धरौटी तिर्न नसकेपछी जेल चलान भएका थिए । उनलाइ प्रहरीले गत ६ गते माइतीघर बाट पक्राउ गरेको थियो । अभद्र ब्यवहारको मुद्दा लगाइएका उनलाइ केन्द्रिय कारागार शुन्धरामा जेल चलान गरेको थियो। सामन्य मुद्दा अभद्र ब्यवहारमा जेल चलान भएका थिए । उनलाइ जिल्ला अदालत काठमाडौले १० हजार धरौटी माग गरेको भएता पनि संगठनका जिम्मेवार ब्याक्तीहरुले धरौटी तिर्न उदासीनता र आनाकानी गरेपछि उनी जेल चलान भएका थिए । तर सर्वोच्च अदालतले काठमाडौ जिल्ला अदालतको आदेश बदर गरिदिए पछि जेल मुक्त भएका उनलाइ जेलकै गेटबाट पुन गिरफ्तार गरेको हो ।
केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई सामन्य अवस्थामा हिडिरहेको बेलामा माइतीघरबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनलाइ महानगरीय प्रहरी परिसर टेकु राखिएकोमा हिरासत भित्रै कोरोना पोजिटिभ देखिएपछि किर्तिपुर स्थित आइसोलेशन केन्द्रमा १४ दिन सम्म राखेको थियो ।
विद्यार्थी नेता उषाकिरण आजादलाई प्रहरीले पटकपटक गिरफ्तार गरेको थियो । उनको आफन्त छत्र बिकले रिट दायर गरेका थिए । उक्क्त रिटमा वरिष्ठ अधिवक्ता एकराज भन्डारी, अधिवक्ता कपिल चन्द्र पोखरेल र अधिवक्ता सन्तोष कोइरालाले बहस गरे पछि सर्बोच्च अदालतले उनलाइ थुनामा नराख्न र जेल मुक्त गर्न आदेश दिएको थियो ।