logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पार्टी बुर्जुवा र कमाइ खानेहरुको भाडो हुँदै गएको प्रचण्डको संकेत

बलियो हेटक्वाटरको आवश्यकता भएको भनाइ


  • राजनीति
  • शुक्रबार, असार १ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतापछि नेकपाको हेडक्वाटर कम्जोर हुँदै गएको संकेत गरेकाछन ।

सिधै आफ्नै पार्टीलाई नभने पनि घुमाउरो तरिकाले  पार्टीभित्र बहु केन्द्रहरु हुँदा बुर्जुवा र कमाइ खाने भाँडोमा रुपान्तरण भएको भन्दै उनले नेकपालाई बलियो हेडक्वार्टर चाहिएको बताएका हुन् ।

‘बुुर्जवा वा पेटी बुर्जवा मानसिकता अलि अराजक, ब्यक्तिवादी र आत्मकेन्द्रित मानसिकताको हुन्छ । कम्युनिस्टहरुको मानसिकता र आदर्श भनेको सामूहकिता नै हो । तर केही समयदेखि सामूहिकता खल्बलिदै गएको छ, बलियो हेडक्वार्टर बनाएर राष्ट्र र वर्गको सेवा गर्ने भन्दा धेरै हेडक्वार्टर बनाउने, एउटै पार्टीभित्र धेरै केन्द्र हुने, बहु केन्द्रको बहु अनुशासन हुने देखिएको छ’ उनले भने ‘यसले कम्युनिस्ट पार्टी थाहै नपाइ बुर्जुवा पार्टी, पेटी बुर्जुवा पार्टी या त्यस्तै त्यस्तै अवसरवादी कमाइ खाने भाँडो बनेको कुरा पनि हामीले आत्मसात गर्न जरुरी छ ।’

दाहालले अब नेपाल कम्युनिस्ट पार्टीलाई एउटै बलियो हेडक्वार्टर चाहिएको उनले बताए । ‘तर हेडक्वार्टर कसैले बनाइदे भनेर बनाउने होइन, उसको त्याग, तपस्या, योगदान, बलिदान, क्षमता, निष्ठाको आधारमा हुने हो’ प्रचण्डले भने ‘त्यो कम्युसनिस्ट पार्टीका सबै सदस्यको हामी सबैको सामू्रहिक प्रयासबाट बनाउने हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार