logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बामदेवलाई पुर्व मन्त्री सहित काे काे ले दिए साथ ?


  • राजनीति
  • बुधबार, माघ १४ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक तथा नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता अभियान घोषणा गरेका छन् । अहिले उनले सम्बोधन गरिरहेका छन् । उनको एकता अभियानमा केन्द्रीय नेताहरु खासै देखिएका छैनन् । सांसदसमेत रहेकी उनकी श्रीमती तुलसा थापा, पूर्वमन्त्री हरि पराजुली, किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जन, त्रिवीका पूर्व उपकुलपति हिराबहादुर महर्जनलगायत एकता अभियान कार्यक्रममा सहभागी भएका छन् ।

उनले आफूले मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिलाउन सक्ने पनि दाबी गरे । अहिले ओली र दाहाल एकअर्कालाई हेर्नै नसक्नेगरि फर्किएको सुनाउँदै दुवैलाई एकतर्फ आफूले फर्काउने गौतमको दाबी छ । उनले आफू संसद पूनःस्थापना भईदिए हुन्थ्यो भन्ने नै भित्री धारणा रहेको सुनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार