logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बिद्यार्थी नेता उषाकिरणलाई २४ घन्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश


  • राजनीति
  • बुधबार, माघ १४ २०७७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य उषाकिरणलाइ २४ घन्टा उपस्थित सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश प्रकाश कुमार ढुङ्गानाले बन्दीलाइ २४ घन्टा भित्र उपस्थित गराउन प्रहरीलाइ आदेश दिएकाहुन ।

माघ ६ गते पहिलो गिरफ्तार भएका उनलाइ माघ २६ गते जेल चलान गरीएको थियो । माघ ११ गतेको फैसला बमोजिम १२ गते जेलमुक्त गर्न भनिए पनि उनलाइ कारागारकै गेटमा पुन प्रक्राउ गरी हिरासतमा राखिएको छ । उनको गिरफ्तारी गैर न्यायिक भएको भन्दै उनका भाइ उमेश बिश्वकर्माले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

पुष ६ गते गिरफ्तार भएका उनिलाइ पुष २६ गते जिल्ला अदालत काठमाडौले १० हजार धरौटी माग गरेको थियो तर उनले धरौटी तिर्न नसकेपछी जेल चलान भएका थिए । उनलाइ प्रहरीले गत ६ गते माइतीघर बाट पक्राउ गरेको थियो । अभद्र ब्यवहारको मुद्दा लगाइएका उनलाइ केन्द्रिय कारागार शुन्धरामा जेल चलान गरेको थियो। सामन्य मुद्दा अभद्र ब्यवहारमा जेल चलान भएका थिए । उनलाइ जिल्ला अदालत काठमाडौले १० हजार धरौटी माग गरेको भएता पनि संगठनका जिम्मेवार ब्याक्तीहरुले ब्यक्तिगत इगोराखी धरौटी तिर्न उदासीनता र आनाकानी गरेपछि उनी जेल चलान भएका थिए ।

माघ ११ गते सर्वोच्च अदालतले काठमाडौ जिल्ला अदालतको आदेश बदर गरिदिए पछि जेल मुक्त भएका उनलाइ जेलकै गेटबाट पुन गिरफ्तार गरेको थियो ।

केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई सामन्य अवस्थामा हिडिरहेको बेलामा माइतीघरबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनलाइ महानगरीय प्रहरी परिसर टेकु राखिएकोमा हिरासत भित्रै कोरोना पोजिटिभ देखिएपछि किर्तिपुर स्थित आइसोलेशन केन्द्रमा १४ दिन सम्म राखेको थियो ।

विद्यार्थी नेता उषाकिरण आजादलाई प्रहरीले पटकपटक गिरफ्तार गरेको थियो । उनको आफन्त छत्र बिकले रिट दायर गरेका थिए । उक्क्त रिटमा वरिष्ठ अधिवक्ता एकराज भन्डारी, अधिवक्ता कपिल चन्द्र पोखरेल र अधिवक्ता सन्तोष कोइरालाले बहस गरे पछि सर्बोच्च अदालतले उनलाइ थुनामा नराख्न र जेल मुक्त गर्न आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार