logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सहिद बेपत्ता र घाइतेको अभिलेख तयार पार्दै सरकार


  • राजनीति
  • बिहिबार, माघ १५ २०७७

सरकारले जनआन्दोलन र जनयुद्धका सहिद परिवार, घाइते, बेपत्ता तथा अपांगता भएकाको अभिलेख तयार गर्ने भएको छ। मन्त्रिपरिषदको माघ ११ गते बसेको बैठकले उनीहरुको अभिलेख तयार गरी सम्मान एवं परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको हो।

 

‘नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै प्रकारका जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने सहिद परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित तथा अपांगता भएका व्यक्ति र घाइते तथा पीडतको विवरण संकलन गर्ने भएको छ।’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले भने।

 

उनीहरुलाई सरकारका तर्फबाट सम्मान एवं परिचयपत्र उपलब्ध गराउने सरकारको तयारी छ।

त्यसका लागि मन्त्रिपरिषदको आगामी बैठकमा प्रस्ताव पेस गर्न परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ। जसमा खानेपानी मन्त्री मण‍िचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फे छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार