logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

(नेकपा)को सगठनमा दुई अध्यक्ष दुई महासचिव र दर्जनौं पदाधिकारी

पार्टी एक भयो जनबर्गिय संगठन अनेक नै रह्यो


  • राजनीति
  • शनिबार, असार २ २०७५

एकमहिना अगाडि पार्टी एकता गरेका नेकपा माओवादी केन्द्र र नेकपा एमाले यति बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको छ । तत्कालीन आ आफ्ना पार्टीको केन्द्रिय समितिलाइ एक आपसमा मिलाएका दुई पार्टीले भने तल्ला कमिटी र जवस कमिटीहरु भने हिजैको अवस्थामा नै छन । एउटा निश्चित समय सिमामा सबै कमिटी एकता गरिने भनिएता पनि त्यसको ढिलाइले माउ पार्टी एउटा भए पनि जिल्ला कमिटिहरु जवस कमिटीहरु भने दुई बटा नै छन । जसले केही गम्भीर खालका नितिगत निर्णयहरुमा बिल्कुल फरकपना देखिएको छ ।

पछिल्लो समय सरकारले गरेको पटक पटकको पेट्रोलियम पर्दाथमा मूल्य वृद्धिको बारेमा त्यस्तै बिवादष्पद कुरा बाहिर आएको छ । सडक संघर्षको प्रयाबाची रहेको बिद्यार्थी संगठनका दुई अध्यक्ष नविना लामा र रन्जित तामाङको धारणा एक आपसमा बाझिएको छ । लामो समय देखि बिद्यार्थी आन्दोलनमा रहेकी नबिना लामाले पछिल्लो समय दिएको अभिव्यक्तिले बिद्यार्थी आन्दोलनको औचित्य माथिनै केहि प्रश्नहरु जन्माएको छ । लामाले मुल्य वृद्धि विरुद्ध सडकमा जानू सहि नभएको तर्क मात्र गरिनन बिगतमा गरिएका त्यस्ता आन्दोलन समेत औचित्यपूर्ण नरहेको अर्थ लाग्ने बोलेकी थिएन । तर उनले अभिव्यक्ति दिएको केही दिनमा बसेको दुइ बिद्यार्थीका पदाधिकारीको सयुक्त बैठक बाट भने मुल्य वृद्धि विरुद्ध बिज्ञपति जारी गरेको थियो ।

अहिले दुई अध्यक्ष रहेको (नेकपा) का जन बर्गिय संगठन बिद्यार्थी ,युवा, शिक्षक , कर्मचारी ,महिला, लगायत सबै तल्ला पार्टी कमिटीहरु भने दुई बटा नै छन भने पदाधिकारीहरु पनि पुरानै छन । जहा अध्यक्ष दुई, महासचिव दुई ,र पदाधिकारी समेत अलग पार्टी हुदाकै अवस्थामा छन । यसले केही नमिलेको र कहिले काहीँ बिरोधाभाष पुर्ण अभिव्यक्ति समेत बाहिर आउने गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार