राजनीति
नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयु’द्ध र त्यसमा सहभागीलाई अप’मान गरेको भन्दै आ’पत्ति जनाएका छन् । ओलीले माओवादी जनयु’द्धलाई ‘कुहिएको फर्सी’ र जनयु’द्धमा लागेकालाई ‘बाँदर’को संज्ञा दिएकोमा पुनले आप’त्ति जनाएका हुन् ।
पूर्व माओवादीकै कारण ओली दुई पटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले ओलीलाई आग्रह गरे । ‘जसका कारण तपाईं दुई पटक देशको प्रधानमन्त्री बन्नुभयो’ नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटनविरु’द्ध बिहीबार बुटवलमा गरेको वि’रोधसभामा ओलीको नाम लिँदै पुनले भने, ‘जसको योेगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्सी ?, उही बाँदर ?’
पुनले यदि माओवादी यु’द्धमा लागेकाहरु बाँदर हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेको टिप्पणी गरे । ‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्’, पुनले भने, ‘दुईवटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला ?’
पुनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा जननिर्वाचित प्रतिनिधिसभाको ह’त्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ३ सय बढीको समर्थन रहेको माधव–नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टी नै मुलधारको नेकपा रहेको उनले उल्लेख गरे ।