logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गणितका विद्यार्थीले विज्ञान पढ्न पाउने !


  • राजनीति
  • शनिबार, माघ १७ २०७७

पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद् बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

परिषद्का अध्यक्ष, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए ।

यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थियो ।

‘परिषद्ले सहमति गरेर ड्राफ्ट तयारी गरिसकेको छ,’ कार्यकारी निर्देशक दाहालले नागरिकसँग भने, ‘अब गणितको समस्या समाधान हुन्छ । कक्षा ११ देखि नै विद्यार्थीले गणित विषय पढ्न पाउने गरी परिषद्ले निर्णय गरिसकेको छ ।’ अब विज्ञान समूह मात्र नभएर सबै विषय अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ देखि नै गणित अध्ययन गर्न पाउनेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार