logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गणतन्त्रीक मन्त्रीको ‘श्री ५ को लालसलाम’


  • राजनीति
  • शनिबार, माघ १७ २०७७

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपालमा राजनीतिक क्रा’न्ति सकिएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्खेत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्।

श्री ५ को सरकारको तर्फबाट लालसलाम टक्र्याउँछु भन्दै थापाले भने, ‛नेपालमा २००७ सालदेखि राजनीतिक क्रा’न्तिको चरणमा हामी थियौं, नेपाल राजनीतिक चरणबाट आर्थिक चरणमा प्रवेश गरेको थियो।’

नेकपाका स्थायी समिती समेत रहेका थापाले नेपाली जनताले आफनै देशमा बास,गाँस,कपास पाउनु पर्ने बताएका थिए।

जनताले आफनै देशमा शान्ति सुरक्षा,शिक्षा तथा रोजगारी पाउनु पर्नेमा जोड दिएका दिए।मन्त्री थापाले आर्थिक समृद्धिमा आफूहरु जसरी पनि पुग्नु पर्ने बताए।

मन्त्री थापाले भने, अब यहाँ पूर्वएमाले, पूर्वमाओवादी छैनन्, अब यहाँ नयाँ कम्युनिष्ट पार्टीको गुण छ। नयाँ आन्दोलनको गुण छ।’

मन्त्री थापाले (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर कू गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका हुन्।

देशलाई कूको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोजेकाले अब चुनावको विकल्प नभएको बताएका थिए। उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत बताए।

https://www.facebook.com/messenger_media/?thread_id=3075938219174250&attachment_id=241851154099617&message_id=mid.%24gAArtjKznqWp9hIb4ZF3U0EniMuva लोकपाटी बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार