राजनीति
अनौपचारिक फुटेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखले संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार दिएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सर्वोच्च अदालतमा मुद्दा नभएको भए हामी संसद् बोलाउँथ्यौँ ।
संसद् बोलाउने तागत हामीसँग छ’ उनले भने, संसदमा सहभागी सबै दलहरूले ओलीको कदमको विरोध गरेका छन्। अर्को, विकल्प हामीसँग छ। संसद् बैठक बोलाएर सभामुखले प्रधानमन्त्रीलाई दुई तिहाईको बहुमतसहित कारबाही गर्ने अधिकार दिएको छ।’
प्रधानमन्त्रीलाई ओलीलाई संसद् विघटन गर्न पाउने अधिकार नदिएको स्पष्ट पारे। ‘प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएको छैन। तर, उहाँले आफूखुसी संसद् विघटन गरेका उनले भने, ओलीले संसद् मरेको घोषणा गरेका छन्। हामीले मर्न दिएका छैनौँ। दिदैनौँ।
‘ओलीले संविधानलाई कुल्चिएर संसद भंग भयो भन्दैमा मान्नुपर्छ ररु भन्ने हुन्छ’ उनले भने, ‘ओलीको जालझेल सेटिङ मरेको भनेको छ। तर, हामी हुन दिदैनौँ। संसद भंग भएको संसद होइन, केपी ओली सरकार भंग भएको हो।’ पार्टी फुटेको नभएर केपी ओली चोइटिएर गएको उनले बताए ।
वामदेव गौतम पनि दाहाल तिरै
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतम आफ्नै पक्षमा आउने बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
वामदेवजीले अस्ति मलाई फोन गर्नुभएको थियो। हामी सँगै भाषण गरेर हिँड्नुपर्ने होइन? भनेर सोध्दा आउँछु भन्नुभएको छ’ ‘उहाँ आउनुहोला नहोला। तर, मिलाउँछु भनेर लागि राख्नुभएको छ।
उनले प्रतिगमनको विरुद्धमा कुनै सहमति नहुने जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजित बनेको बेलामा उपाध्यक्ष गौतम तटस्थ बसेका छन् ।
संसद् विघटनपछि प्रधानमन्त्री ओली, अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालबीचको शक्ति संघर्ष चलिरहेको बेलामा उपाध्यक्ष वामदेव गौतम अर्को शक्तिको रूपमा देखा पर्न खोजेका छन्।
पार्टीभित्र अस्थिर चरित्रको रूपमा परिचित गौतमले पार्टी पूर्णरूपमा दुई धारमा विभाजित भइसकेको अवस्थामा पार्टी एकता गर्ने लक्ष्यका साथ पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।
पार्टीभित्रको विवादको क्रममा जहिल्यै पनि चर्चामा रहने गौतमले एकता अभियान घोषणा गरेको अर्को चर्चाको विषय बनिरहेको छ। यसअघि दुई अध्यक्षबीचको विवादका क्रममा पनि गौतम अध्यक्ष दाहाल खेमामा उभिएका थिए।
तर, प्रधानमन्त्री ओलीले कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको आश्वासन दिएपछि प्रधानमन्त्री ओलीलाई फाइदा पुग्ने गरी उनले ६ बुँदे प्रस्ताव ल्याएका थिए। यद्यपि, यसअघिको विवादको क्रममा उपाध्यक्ष गौतमकै प्रस्तावपछि विवाद समाधान गर्न सफल रह्यो।
भदौ २६ पछि नेकपामा उत्पन्न विवादमा पनि उपाध्यक्ष गौतम अध्यक्ष दाहाल पक्षमै उभिएका थिए। तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री/पार्टी अध्यक्ष दिने प्रस्ताव फ्याँकेपछि उनी मध्यमार्गी भूमिकामा रहेर तटस्थ बसे । र, अहिले पार्टी एकताको घोषणा अभियान सुरु गरेका छन् ।