logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

माघ २३ गते नेपाल हिन्दुराष्ट्र घाेषणा हुने ?


  • राजनीति
  • आइतबार, माघ १८ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज प्रतिनिधिसभा विघटनविरुद्ध आज माईतीघर मण्डलामा धर्ना दिएको छ । धर्ना कार्यक्रममा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सहभागी थिए । उक्त कार्यक्रममा संक्षिप्त कुरा गर्दै उक्त समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने आशंका व्यक्त गरेका छन् । सम्बोधनको क्रममा उनले भने, ‘यही माघ २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्।’

पाण्डेले ओली पक्षको माघ २३ गतेको जनसभामा राजावादीहरू सहभागी हुने पनि दाबी गरे । उनले अघि भने,‘ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन्, उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् । हिजो ऋषि देवकोटा आजादको हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन् । मैले सुनेको हुँ-२३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार