logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नयाँ शक्तिको सात सदस्यीय हेडक्वार्टरमा कोको परे सात जना हेर्नुस…..


  • राजनीति
  • शनिबार, असार २ २०७५

काठमाडौं – नयाँ शक्ति पार्टीको बैठकले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ । काठमाडौंमा शुक्रबार सम्पन्न पार्टीको बैठकले सात सदस्यीय कार्यालय टिम गठन गरेको हो ।

टिममा डा.बाबुराम भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह र हिसिला यमी छिन् ।

यसैगरी बैठकले यसअघिको ‘अबको निकास, आर्थिक विकास’लाई परिमार्जन गरेर ‘अबको निकास, समावेशी विकास’ बनाएको छ ।

सहभागितामुलुक लोकतन्त्रमा विश्वास गर्ने नयाँ शक्तिले ५ ‘स’को अवधारणालाई अगाडि बढाएको छ ।

बैठकले पार्टी प्रवक्ता प्रशान्त सिंहलाई सचिवालयमा थप गरेको छ ।

बैठकले पार्टीका नेताहरु देवी ओझा र केशव दाहालले दिएको राजीनामा स्वीकृत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार