logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाण्डे प्रचण्ड माधव समुहकाे महासचिव


  • राजनीति
  • सोमबार, माघ १९ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आज बसेको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउन गरेको यसअघिको निर्णय पारित गरेको छ । र, महासचिवबाट विष्णु पौडेललाई पनि हटाएको छ । केन्द्रीय कमिटीको आजको बैठकले महासचिव चयन नगरेपनि सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने सहमति गरेको दाहाल–नेपाल पक्षको उच्च स्रोतले जनाएको छ ।

पौडेललाई महासचिवबाट हटाएर कुनै एक नेतालाई बनाएर निर्वाचन आयोगमा जाने दाहाल–नेपाल पक्षको तयारी छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल आन्दोलित छ । उसले ओलीले असंवैधानिक कदम चालेको भन्दै देशव्यापी रुपमा विरोध तथा प्रदर्शन गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार