राजनीति
भारतको तेलन्गाना राज्यमा रहेकी ५५ वर्षिया स्वास्थ्यकर्मीको निधन भएको छ । भारतमा जारी खोप अभियानमा सामिल रहेकी स्वास्थ्य कर्मीले खोप लगाएको ११ दिन दिनपछि निधन भएको हो । सम्बन्धीत स्वास्थ्य निकायले उनको निधन उमेरको कारण भएको जनाएको छ ।
१९ जनवरीमा खोप लगाएपछि उनलाई जनवरी २९ श्वासप्रश्वासमा समस्या देखिएको कारण अस्पतालमा भर्ना गरिएको थियो । हैदराबाद स्थित रहेको निजाम इन्सटिच्युटमा उनको निधन भएको छ ।
उक्त अस्पतालको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ,‘५५ वर्षिया महिलाको मृ’त्युको कारण उनको उमेर रहेको र खोपको कारण मृ’त्यु भएको हैन् ।’ महिलाको कार्डियो रेस्पििरेटरी बन्द भएको कारण उनको निधन भएको जनाइएको छ । सो राज्यमा ४२ वर्षिय एमबुलेन्स चालक र ४५ वर्षिय स्वास्थ्य सेवामा खटिएका व्यक्तिको निधन भइसकेको जनाइएको छ ।