logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कारागारको कोठामै पुगेका मन्त्रीलाई ‘सुदर्शन’को दुई सवाल


  • राजनीति
  • बुधबार, माघ २१ २०७७

खानेपानी मन्त्री मणी थापालेपउहिजो मंगलबार बिहानै ललितपुरको नख्खु कारागार पुगेर नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपका स्थायी समिती सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’सँग भेटेर कुराकानी गरेकाछ्न

सुदर्शन, नेकपाका तिनै नेता हुन्, जो काभ्रेबाट पक्राउ पर्नु अघि नेकपाको मध्यकमाण्ड इञ्चार्ज थिए ।

त्यहीक्रममा विप्लव नेकपालाई पनि वार्तामा ल्याउन नेताहरु लागेका छन् । खानेपानीमन्त्री थापा पनि त्यही सिलसिलामा नख्खु कारगार पुगेर सुदर्शनलाई भेटेका हुन् । सोही क्रममा सुदर्शन सग आधा घन्टा बढी छलफल गरेका थिए ।

मन्त्री थापाले पनि कारागारमा भएको भेटका क्रममा वार्ताबारे कुराकानी भएको पुष्टि गरेका छन् । जेलभित्र सुदर्शन सुत्ने ठाउँमै पुगेर मन्त्री थापाले ‘वार्ता प्रक्रिया चलाउने हो भने चलाउनुपर्‍यो । के गर्ने ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा नेकपा नेता सुदर्शनले आफ्नो पार्टी सैद्धान्तिक रुपमा वार्ता विरोधी नभएको बताए । ‘सरकारले सम्वादका लागि गर्‍यो भने त हाम्रो पार्टी वार्ता विरोधी पार्टी होइन’ उनले भनेका छन्, ‘वार्ताका लागि वातावरण चाहिँ सरकारले बनाउनुपर्छ ।’ भेटमा सुदर्शनले मुख्यतः दुइ कुरा भनेकाछन एक आफ्नो पार्टी सैद्धान्तिकरुपमा वार्ता बिरोधि होइन र अर्को वार्ताको विश्वासिलो वातावरण बनाउने जिम्मेवारी सरकार भएको ।

मन्त्री थापाले सरकार र नेकपाका बिच वार्ता अघि बढाउन सहयोग गर्न समेत आग्रह गरेका छन् । सुदर्शनले भने आफू जेलमा भएकाले वार्ता प्रक्रियाको निर्णयबारे धेरै जानकारी नभएको बताए । उनले भने, ‘म त जेलभित्र छु । साथीहरुसँग सिधै कुराकानी पनि छैन । मैले पनि मिडियाबाट बुझ्ने हो । वार्ताकै पक्षमा भए जस्तो लाग्छ, महासचिव कमरेड विप्लव पनि ।’

मन्त्री थापाले भने यही विषय प्रधानमन्त्री ओलीसम्म पुर्‍याउने आश्वासन दिएका छन् ।

नख्खु कारगारमा वार्ताबारे के कुराकानी भयो भन्ने प्रश्न मन्त्री थापाले भने, ‘उहाँ बिरामी हुनुहुन्छ । उहाँ पुरानो साथी पनि भएकाले सञ्चोबिसञ्जो सोध्ने काम भयो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार