logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओलीकाे निर्देशनमा भेटेका थिए सुदर्शन !


  • राजनीति
  • बुधबार, माघ २१ २०७७

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वका नेतालाई खानेपानीमन्त्री मणि थापाले जेलमै पुगेर भेट गरेका छन् । मन्त्री थापाले नख्खु जेल पुगेर विप्लव नेकपाका नेता हेमन्तप्रकाश वलीलाई भेटेका हुन् ।

मन्त्री थापाले आफू कारागारको खानेपानीसम्बन्धी अनुगमन गर्न जाने क्रममा नेता वलीसँग भेटघाट भएको बताएका छन् । संसद् विघटनको निर्णयपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आएका छन्। त्यसै गरी प्रधानमन्त्री ओलीले सरकारद्वारा प्रतिबन्धित भूमिगत विप्लव नेकपालाई मूल धारमा ल्याउन भन्दै संवादको प्रयास अगाडि बढाएको देखिन्छ ।

प्रधानमन्त्रीको आग्रहमा नै मन्त्री थापाले वलीलाई भेट गरेका हुन् । सरकारले विप्लव समूहमाथि गत २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । विप्लव समूहले वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अगाडि सारेको छ ।

साथै उक्त समूहले हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव नेकपाका महासचिव चन्दले सन्देश पठाएका छन। तर सरकार भने विप्लव समूहले हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया अगाडि बढाउने अडानमा रहेको छ ।

काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली भूमिगत विप्लव नेकपाका मध्यकमान्ड इन्जार्च थिए । उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रालिको मुख्यालय अगाडि भएको वि’स्फोटमा संलग्न रहेको आ’रोपमा १० वैशाखमा पुर्पक्षका नख्खु कारागार चलान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार