logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

क्रान्तिकारीका नेता उषाकिरण रिहा, पुनः गिरफ्तार गरे कार्वाही गर्ने चेतावनी


  • राजनीति
  • बुधबार, माघ २१ २०७७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य उषाकिरण ४४ दिनपछि रिहाभएकाछन । उनि यो तेर्सो रिटमा सर्वोच्च बाध्यकारी रिहाइको अनिवार्य आदेश दिएको छ ।

माघ ६ गते पहिलो गिरफ्तार भएका उनलाइ माघ २६ गते जेल चलान गरीएको थियो । माघ ११ गतेको फैसला बमोजिम १२ गते जेलमुक्त गर्न भनिए पनि उनलाइ कारागारकै गेटमा पुन प्रक्राउ गरी हिरासतमा राखिएको थियो। उनको गिरफ्तारी गैर न्यायिक भएको भन्दै उनका भाइ उमेश बिश्वकर्माले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

पुष ६ गते गिरफ्तार भएका उनिलाइ पुष २६ गते जिल्ला अदालत काठमाडौले १० हजार धरौटी माग गरेको थियो तर उनले धरौटी तिर्न नसकेपछी जेल चलान भएका थिए । उनलाइ प्रहरीले गत ६ गते माइतीघर बाट पक्राउ गरेको थियो । अभद्र ब्यवहारको मुद्दा लगाइएका उनलाइ केन्द्रिय कारागार शुन्धरामा जेल चलान गरेको थियो। सामन्य मुद्दा अभद्र ब्यवहारमा जेल चलान भएका थिए । उनलाइ जिल्ला अदालत काठमाडौले १० हजार धरौटी माग गरेको भएता पनि संगठनका जिम्मेवार ब्याक्तीहरुले ब्यक्तिगत इगोराखी धरौटी तिर्न उदासीनता र आनाकानी गरेपछि उनी जेल चलान भएका थिए ।

माघ ११ गते सर्वोच्च अदालतले काठमाडौ जिल्ला अदालतको आदेश बदर गरिदिए पछि जेल मुक्त भएका उनलाइ जेलकै गेटबाट पुन गिरफ्तार गरेको थियो ।

केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई सामन्य अवस्थामा हिडिरहेको बेलामा माइतीघरबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनलाइ महानगरीय प्रहरी परिसर टेकु राखिएकोमा हिरासत भित्रै कोरोना पोजिटिभ देखिएपछि किर्तिपुर स्थित आइसोलेशन केन्द्रमा १४ दिन सम्म राखेको थियो ।

विद्यार्थी नेता उषाकिरण आजादलाई प्रहरीले पटकपटक गिरफ्तार गरेको थियो । उनको भाइ बिकले रिट दायर गरेका थिए । उक्क्त रिटमा वरिष्ठ अधिवक्ता एकराज भन्डारी, अधिवक्ता कपिल चन्द्र पोखरेल र अधिवक्ता सन्तोष कोइरालाले बहस गरे पछि सर्बोच्च अदालतले उनलाइ थुनामा नराख्न र फेरी गिरफ्तार गरे बादी पक्षलाइ कार्वाही गर्ने बाध्यकारी फैसला सुनाएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार