logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बाध्यकारी आदेश लत्याउदै गिरफ्तार , कानुनी राज्यमाथी प्रहार भएको अधिवक्ताको भनाई


  • राजनीति
  • बुधबार, माघ २१ २०७७

बिद्रोही दल नेकपाका फरक फरक जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरुलाई रिहा गर्न सर्बोच्च अदालतले बाध्यकारी आदेश जारी गरेको भएता पनि प्रहरीले अदालतको आदेशलाइ वेवास्था गर्दै पुन गिरफ्तार गरेको छ ।

आजै मात्र सर्बोच्च अदालतको आदेशको बाध्यकारी आदेशको ठाडो उल्लंघन गर्दै नर बहादुर बोहोरा (जोखिम)लाई अदालतको गेट बाट नै प्रहरीले पुन: पक्राऊ गरी झापा लैजाने तयारी गरेको स्रोतले जनाएको छ ।

न्यायधिशद्वय सुष्मालता माथेमा र मनोज कुमार शर्माको संयुक्त ईजलाशले ले बैचारिक आस्थाकै आधारमा गैर कानुनी रुपमा बन्दी बनाइएका तिनै जनालाई अदालतले पटक पटक गिरफ्तार र बन्दी गर्न नपाउने फैसला गरेको थियो । अदालतले आदेश दिदा पनि पुन:एकै मुद्दामा पक्राउ गरिएको देखिएको हॅुदा अब पनि सोही बिषयमा पक्राऊ गरिएमा नेपालको संबिधान धारा १२८(४) तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम बिवक्षीलाई कार्बाही गर्ने समेत जनाएको छ । यद्यपि कानुनको हिसावले सबै भन्दा माथिल्लो निकाय सर्बोच्च अदालतको बाध्यकारी आदेशलाइ समेत लत्याएर गिरफ्तारी गरिनु कानुनको ठाडो उल्लंघन भएको अधिवक्ता सन्तोष कोइरालाको भनाइरहेको छ ।

संविधानको धारा ऎन र दफा समेत उल्लेख गरेर सर्बोच्च अदालतले गरेको बाध्यकारी आदेशलाइ समेत अटेरी गर्नु कानुनी राज्यको उपहास मात्र नभएर कानुनी राज्य माथिकै प्रहार भएको कोइरालाको तर्क रहेको छ ।

बाहिर जे जस्ता हल्ला र चर्चा भएको भएता पनि नेकपाका प्रती सरकारी ब्यवहाले थप चिढ्याउने देखिन्छ । पछिल्लो समयलाइ हेर्ने हो भने नेकपाको बार्ता टोली सदस्य तथा स्थायी समिता सदस्य धर्मेन्द्र बोस्तोला कन्चन लाई प्रहरीले ललितपुरबाट पक्राऊ गरेको थियो । उता निकै लामो समय देखी स्थायी समिति सदस्य सुदर्शन, केन्द्रिय नेताहरु बिरजङ्ग, रणविर,ओम पुन, माइला लामा लगाएतका नेताहरू जेलमा नै छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार