logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल, बिहानैदेखि प्रहरीको धरपकड


  • राजनीति
  • बिहिबार, माघ २२ २०७७

नेकपाको प्रचण्ड-नेपाल पक्ष बिहीबारको बन्दलाई सशक्त बनाउने नेता कार्यकर्ता सडकमा देखिएकाछन । आहिले बिहान ५ बजे देखि नै काठमाडौं उपत्यकामा सडकमा आएकाहुन । प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० वटा स्थान हिजै मुर्त गरेको थियो ।
प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

युवा नेता रामप्रसाद सापकोटाले सामाखुसीबाट केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘गोंगबु सामाखुसीबाट एकाबिहानै ओली सरकारले गिरफ्तार गरेका युवाहरू मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जस अनुसार नेता हिमाल शर्माले गोंगबुचोक, बालाजु चोक, नारायण गोपाल चोक, चाबहिल चोक, भोटाहिटी चोक, बल्खु चोक, कोटेश्वर, कलंकी चोक, फर्पिङ चोक र नागाढुंगा नाकामा ५ बजे नै भेला भैसकेको जानकारी दिए।

संवैधानिक निकायमा हिजो नियुक्ति गरे सगै नेकपा प्रचण्ड–नेपाल पक्षले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर आजलाइ आम हड्तालको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ५ पुसमा प्रतिनिधिसभा विघटन निर्णय लिएपछि नेकपाको प्रचण्ड नेपाल पक्ष आन्दोलित छ। file photo

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार