logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीको संकट टारिदिन र साक्षी बस्न वार्ता हुदैन : नेकपा


  • राजनीति
  • शुक्रबार, माघ २३ २०७७

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वार्तामा आफू तयार रहेको जनाएको छ। कामचलाउ सरकारका खानेपानी मन्त्री मणि थापाले मंगलबार नख्खु जेलमा रहेका विप्लव नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेर वार्ताका लागि तयार रहन आग्रह गरेका थिए ।

वार्ताको प्रयास सफल हुन नसकेको बेला मन्त्री थापालाई विप्लव नेकपाका नेता वलीसँग भेट्न पठाएर सरकारले पुनः वार्ताको सन्देश दिएको थियो। उक्त सन्देशलाई विप्लव नेकपाले आफ्नै कारणले निम्त्याएको संकट टार्ने विकल्पका रूपमा सरकारले वार्ताको कुरा गरेको स्पष्ट पारेको छ । पार्टीले आफूहरू वार्ता विरोधी नभएको दोहोर्‍याएको छ।

विप्लव नेकपाका मेची-कोसी ब्यूरो इन्चार्ज असल लिम्बुले अमुक पात्र र व्यक्तिले बोलाएको वार्तामा आफूहरू नबस्ने बताए । ‘पार्टी स्वदेशी भूमिमा खुल्ला वार्ता गर्न सधैँ तयार छ, हामी वार्ता विरोधी हुँदै होइन’, उनले भने, ‘हामी कुनै कोठा, जङ्गल वा भारतमा गएर वार्ता गर्दैनौं।’ आफूहरू खुल्ला रूपमा मात्र वार्तामा बस्ने उनको भनाई छ।

सरकारले वार्तामा बोलाउँदा सबैलाई जानकारी गराउनु पर्ने, नागरिक अगुवा र मुलुकका बुद्धिजीवीसहित वार्तामा राख्ने वातावरण बनाए आफूहरू वार्ता बस्न तयार रहेको लिम्बुले बताए । ‘सरकारले वार्ताका लागि भेला हुने स्थान र व्यक्ति सार्वजनिक गरोस्, जनताको पक्षमा वार्ता हुने वातावरण बनाओस्,’ उनले भने, ‘आफूलाई परेको संकट टार्न मात्रै वार्ताको कुरा गरिएको भए त्यसको औचित्य छैन। कसैको संकट टारिदिने, साक्षी बसिदिने वार्ता पार्टीले गर्दैन।’

लिम्बुले वार्ताका लागि जेलमा रहेका राजबन्दी रिहा हुनु पर्ने जनाए। ‘हाम्रो पार्टीका नेतालाई रिहा गरिनु पर्छ, झुटा मुद्दा लगाइएको छ, त्यो फिर्ता हुनुपर्छ’, उनले भने, ‘निराधार आरो’प लगाउने र धरपकडको शृङ्खला चलाएर वार्ताको रटान दिनुको कुनै अर्थ छैन।’

पार्टीलाई खुल्ला राजनीति गर्न प्रतिबन्ध लगाएर ह’तियारको राजनीति गर्‍यो भन्नुको कुनै तुक नभएको जिकिर गरेका उनले हति’यार राजनीति पार्टीको एजेन्डा र लक्ष्य नभएको दाबी गरे। दमन भएको अवस्थामा प्रतिरक्षाका लागि ह’तियार उठाइने र उठाउनु पर्ने बाध्यकारी अवस्था सिर्जना हुने उनको भनाइ छ। जातीय, वर्गीय, लैंगिक, धार्मिक र क्षेत्रीय युद्धले मुलुकलाई राम्रो नगर्ने तर यी पाँच कुराको स्थायित्व नभएसम्म यु’द्ध पनि नसकिने पार्टीको धारण रहेको उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार