राजनीति
बिभाजित नेकपाकाे प्रचण्ड माधव समुहले आज आह्वान गरेकाे नेपाल बन्दमा कर्णाली र सुदुरपश्चिमका मुख्यमन्त्री सडकमा आएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सुर्खेत तथा सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्ट काठमाडौ स्थित सातदोबाटोमा देखिए ।
असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध आज २२ गते आव्हान गरिएको आमहडतालप्रति प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं माननीय मुख्यमन्त्रीज्यूले ऐक्यबद्धता व्यक्त गरेका छन।
सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउँदै काठमाडौँको सडकमा उत्रिएका छन् । नेकपा प्रचण्ड-माधव समूहद्वारा देशव्यापी रूपमा घोषणा गरिएको आम हडतालको समर्थनमा काठमाडौँको सडकमा निस्किएका मुख्यमन्त्री भट्ट बन्दकर्ताहरुसंगै बन्द गराउँदै हिँडेका छन् ।
काठमाडौँ सातदोबाटोमा विरोध प्रदर्शनमा मुख्यमन्त्री भट्टसँगै उनका स्वकीय सचिव शिवसिंह ओली समेत सहभागी छन् । नेकपाकै नेता देब गुरुङ पनि बन्द गराउदै हिँडेका छन् ।