logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रधानमन्त्रीलाई अनुशासित बन्न भिम रावलको चेतावनी


  • राजनीति
  • सोमबार, असार ४ २०७५

सरकारले ल्याएको बजेट र उसको कार्यशैली प्रती  सत्तापक्षकै सांसदहरुले विपक्षीको भन्दा चर्को स्वरमा  आक्रोश व्यक्त गरेपछि नेतृत्वले उनीहरुलाई सम्झाउन शनिबार संसदीय दलको बैठक बोलाएको थियो । तर, सांसदहरु झन् चर्को स्वरमा प्रस्तुत हुन थालेपछि समय अभाव भन्दै शीर्ष नेताहरु बैठक नै स्थगित गरेर हिँडेका छन् ।

दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकार बजेटमा आफ्नै सांसदहरुको आलोचना झेलिरहेको छ । संसद र संसदीय दलमा मात्र होइन, शनिबार बसेको पार्टीको पहिलो स्थायी कमिटी बैठकमा पनि मन्त्रीहरुको कामकारवाहीप्रति असन्तुष्टि प्रकट भएको छ । संसदीय दललगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि सरकारको काम कारवाहीबारे प्रश्न उठेपछि थप प्रभावकारी बनाउने निर्णय गरेर बैठक टुंगियो ।

दलको बैठकमा सुरुमै प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बजेटको विरोध नगर्न निर्देशन दिएका छन् । उनले जायज कुराको सुनुवाई होस् भन्ने चाहेको हो भने संसदमा बोल्नुनपर्ने बताए । उनले दुई-चारजनाले आक्रोश व्यक्त गर्दैमा केही नहुने भन्दैमा अनुशासन

तर, ओलीको निर्देशनलगत्तै नेता भीम रावलले आपत्ति जनाए । उनले भने-प्रधानमन्त्री पहिले अनुशासनमा बस्नुपर्छ । नियम सांसदलाई मात्र होइन तपाईंलाई पनि लागू हुनुपर्‍यो ।’

रावलले असन्तुष्ट सांसदहरुको नेतृत्व गर्न खोजेको जस्तो देखिए पनि नेकपामा बजेट र मन्त्रीहरुको कार्यशैलीप्रति आक्रोश चुलिँदो छ । बजेटले घोषणापत्र र लोकपि्रय कार्यक्रम बिर्सिएको तथा मन्त्रीहरुले मन्त्रालयगत बजेट विनियोजन गर्दा आफ्नो निर्वाचन क्षेत्र र त्यसमाथि आफ्नो टोलमा केन्दि्रत भएको आरोप सांसदहरुले लगाएका छन् ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार