logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रहरीकाे भ्यान चढेर सरकार विरुद्ध नाराबाजी


  • राजनीति
  • बिहिबार, माघ २२ २०७७

नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनौठो दृश्य देखियो ।

देशका विभिन्न भागमा बन्दकर्ता र प्रहरीबीच झडप भएका समाचार आइरहेको समयमा धनगढीको चौराहामा भने एक प्रदर्शनकारीले प्रहरीकै भ्यानमाथि चढेर सरकारविरुद्ध नारा लगाइरहेका थिए ।

नेकपाको प्रचण्ड–माधव पक्षका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीले प्रहरीकै भ्यानमाथि चढेर सरकारविरुद्ध नारा लगाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार