logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चर्काे बिराेधपछि प्रचण्डले भने एमसिसीकाे पक्षमा छैन


  • राजनीति
  • शुक्रबार, माघ २३ २०७७

नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् ।

बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यसै विषयमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आन्दोलनका लागि तय भएका नारामात्रै लगाउन भनेको तर आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका हुन् ।

पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘म एमसीसीको समर्थनमा गएको छैन । परिमार्जन गर्न जरुरी छ । छलफल भइरहेको छ । पार्टीले कुनै निर्णय गरेको छैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार