logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आमसभामा महासचिव पाैडेलकाे अपमान


  • राजनीति
  • शनिबार, माघ २४ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको आज काठमाडौंको दरबारमार्गमा जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा देशभरिबाट लाखौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको ओली पक्षधर नेताहरुको दाबी छ । यधपी संख्याको बारेमा एक अनलाइनले १३ देखी १५ हजार भएको अनुमान गर्दै समाचार लेखेको छ ।

हिजोको सभामा प्रधानमन्त्री तथा उक्त पक्षका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ताको रुपमा थिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रदेश नम्बर २ का नेता सत्यनारायण मण्डल, र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गरेका थिए । हिजोको सभामा महासचिव विष्णु पौडेलले भने सम्बोधन गरेनन् ।

उनलाई बाईपास गरिएको हो वा नेता पौडेल आँफैले बोल्न नमानेको हुन ? त्यो त रहस्यको विषय नै छ । तर, यसअघिका प्रायः सबैखाले ठूला ठूला कार्यक्रमहरुमा पौडेलले सम्बोधन गर्ने गरेका थिए । हिजो उनलाई किन बोल्न दिईएन ? भनेर नेकपा ओली वृत्तमा चर्चा चलेको छ । उनी स्टेजमा पहिलो लहरमै उपस्थिति थिए । पार्टी नेताहरुको हैसियतको कुरा गर्दापनि उनी ओली पक्षका शक्तिशाली नेता हुन् । त्यो पनि महासचिव । ओलीलाई हरेक संकटमा साथ दिँदै आएका नेता पौडेल कार्यकर्तास्तरमा पनि लोकप्रिय मानिन्छन् ।

हिजोको सभामा प्रधानमन्त्री ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताएका थिए । त्यतिमात्रै होईन, उनले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताएका थिए । उनले सम्बोधनको क्रममा भनेका थिए,“जनतालाई अहिले अस्थिरता होइन चुनाव चाहिएको छ । त्यसैले देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्नुपर्छ भनेर । ” उनले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाएमा प्रतिनिधिसभा विघटन गर्न अधिकार हुने बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार