राजनीति
गृहमन्त्री रामबहादुर थापा बादललाई पूर्वमन्त्री विना मगरले चेतावनी दिएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेतृत विनाले बादलले शुक्रबार आयोजित सभामा दिएको अभिव्यक्तिको आलोचना गर्दै कडा चेतावनी दिएकी हुन् ।
उनले बादललाई हेक्का राख्न भनेकी छिन् । प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वाँस दिएको भन्दै बादलको गर्जन क्षणिक हुने तर्क गरेकी छिन् । आफ्नाे हैसियतकाेे हेक्का राख्न भन्दै मगरले बादललाई बादल प्रचण्डले बनाएकाे बताएकि छिन् ।
नेकपा विभाजनपछि पूर्व माओवादी बादल ओली समूहमा गएपछि उनी कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रचण्डकी बुहारी विनाले भनेकी छिन्:
आज मौसम कठ्यांग्रिदो चिसो बोकेर आयो।
हिमपात,केही बर्षा,अनि सितलहरले दिन भरजसो देस, मुटु नै काप्ने चिसोमा,पारिलो घामको न्यानो खोजिनै रहयो।
सन्दर्भ पनि क्या गजबको।
आज बादल क्षितिजमा हैनकी,नारायणहिटी दरबार अगाडी गर्जिएछ।
बादललाई बादल बनाउने धरातल माथि ब्याड्ंग्य कसदै
प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वास दिएछ।
हेक्का रहोस
बर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ।
मौसम उर्घिए संगै बादल फाटेको क्षितिज निकै सुन्दर हुन्छ।