logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव सहितको मोर्चाले काठमाडौबाटै संघर्षको घोषणा गर्दै !


  • राजनीति
  • आइतबार, माघ २५ २०७७

संसद भन्दा बाहिर रहेका ४ कम्युनिस्ट पार्टीले रणनीति मोर्चाको अवधारणा सार्वजनिक सहित संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

संसद विघटन पछि राजनीति तरलता झन बढेकोमा बिद्रोही दल नेकपा सहितको ४ दलिय मोर्चाले सार्वजनिक गर्न लागेको कार्यक्रमलाई सवत्र चासोका रुपमा हेरिएको छ ।

प्रतिबन्धित नेकपा सहितको मोर्चाको कार्यक्रममा विप्लव नेतृत्वको नेकपा बाट कुन स्तरको नेता सहभागी होलान भन्ने नेकपा भित्र र बाहिर चासोका रुपमा हेरिएको छ ।

कार्यक्रमको बारेमा यस्तो भनिएको छ ।

विप्लव नेतृत्व नेतृत्वको नेकपा सहित चारपार्टीकाे अबधारणा पत्र र संघर्षका कार्यक्रम घाेषणा गर्ने भएकाले निम्न मिति र स्थानमा सहभागिताका लागि अनुराेध छ ।

विषय : चार पार्टीको रणनीतिक संयुक्त मोर्चाको अवधारणा पत्र र संघर्षका कार्यक्रम घोषणा समारोहमा उपस्थित भईदिनु हुन तथा प्रतिनिधि पठाईदिनु हुन हार्दिक अनुरोध छ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुवाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त मोर्चाले शीर्ष नेतृत्वको उपस्थितिमा एक भव्य समारोहबीच आफ्नो अवधारणा-पत्र र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको छ। निम्न मिति, समय र स्थानमा सो कार्यक्रमको समाचारका लागि उपस्थित भईदिनु हुन तथा प्रतिनिधि पठाईदिनु हुन सम्पूर्ण छापा, इलेक्ट्रोनिक, अनलाइन मिडियाहरूका सम्पादक तथा समाचार प्रमुखहरूमा विनम्र अनुरोध छ।

कार्यक्रम हुने
स्थान : नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौं।
मिति: माघ २९ गते बिहीबार
समय : दिनको १२:३० बजे।

यो सूचना क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेव जैसीको फेसबुक वालबाट लिइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार