logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उपभोक्तकाे ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा मुल्यबृद्धी


  • राजनीति
  • बुधबार, माघ २८ २०७७

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जानकारी दिएको छ ।

<

प्रधानमन्त्री केपी ओली आफू नेतृत्वको सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्छु भन्दै भाषण गर्दै आइरहेका छन् । तर, यथार्थमा भने महँगी घटेको छैन । दैनिक बढिरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियारमा आयल निगमकै जग्गा काण्डमा छानबीनमा परेका व्यक्तिलाई प्रमुख बनाइएको थियाे ।

चर्चित नेपाली उखान ‘मुखमा राम राम बगलीमा छुरा’ भने जस्तै ओली सरकारले भाषणमा भ्रष्टाचार र महँगी नियन्त्रण गर्छु भनेपनि यथार्थ त्यस्तो छैन । बुधबार नै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

आज बुधबार राती १२ बजेदेखि नै लागु हुनेगरि पेट्रोल÷डिजेल तथा मट्टितेलको खुद्रा मुल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । त्यस्तै खाना पकाउने ग्याँस प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । पेट्रेल तथा डिजेलको प्रतिलिटर ११२ रुपैयाँ पुर्याइएको छ । मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पुर्याइएको आयल निगमले जनाएको छ । त्यस्तै ग्याँसको मुल्य प्रतिसिलिन्डर १४ सय रुपैयाँ पुर्याइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार