logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव खाेज्न सेना परिचालन !


  • राजनीति
  • बिहिबार, माघ २९ २०७७

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भूमिगत छन् । भिडियो सन्देश र प्रेस वक्तव्यमार्फत् धारणा बाहिर ल्याइरहने विप्लव सरकारद्वारा सर्वाधिक खोजीमा छन् । उनको दलका अन्य प्रभावशाली नेताहरु पनि खोजीमा छन् ।

विप्लवसँग सरकारले वार्ताको भित्र भित्रै पहल गरिरहेको विषय उठ्ने गरेको छ । खानेपानीमन्त्री मणिचन्द्र थापा विप्लवका नेता सुदर्शनलाई नख्खु जेलमै भेट्न पुगे । ओली नेकपाका केही नेताहरु विप्लवसँग विभिन्न माध्यमले सम्पर्क स्थापित गरी वार्ताको पहल गरिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्डले पनि विप्लवसँग सम्पर्क स्थापित गरी अगाडि बढ्न खोजेको विषय आउने गरेको छ ।

तर, विप्लव नेकपासँग नजिक रहेका एकजना लेखकले विप्लवलाई नेपाली सेना परिचालन गरेर खोजिरहेको विषय उठाएका छन् । उनले इरातोखबरमा एक लेखमार्फत् उक्त विषय उठाएका हुन् । थपलियाले लेखेका छन्, ‘ओली आफै वार्ताको प्रचार गर्ने अनि महासचिव विप्लवको सेल्टर खोज्न नेपाली सेना परिचालन गर्नुले राजनीतिक अनिष्टता बुझ्न कुनै कठिनाइ हुनुहुँदैन ।’

ओलीले विप्लवसँग सम्पर्क गर्ने च्यानलहरु खोज्दै हिंडेको विषय पनि उल्लेख गरेका छन् । उनले प्रचण्डको भुमिकामाथि समेत आशंका गर्दै विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा ओलीले पार्टीमा छलफल नै नगरेको दाबी गर्नुलाई कपटीपूर्ण र झुट भनेका छन् ।

२८ फागुन २०७५ मा सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । ओलीले विप्लव नेतृत्वको नेकपालाई सिध्याउँछु भनेर कदम चालेपनि आफै घरझगडामा फस्न पुगेको थपलियाको टिप्पणी छ । उनले विप्लव नेतृत्वको नेकपाले ओली सरकारसँग वार्ता पनि नगर्ने र प्रचण्डसँग भित्री सहकार्य पनि नगर्ने आशयका साथ लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार