logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

जनयुद्धले जन्माएको एकीकृत क्रान्ती


  • D.B. सर्वश्रेष्ठ
  • शनिबार, फाल्गुन १ २०७७

सुन्दर सपनाहरूको च्याङ लगाएर वर्गसंघर्षलाई स्थापित गर्ने बर्गिय आन्दोलन र जनयुद्धले निर्माण गरेका जगमा उभिएर सकारात्मक तथा नकारात्मक उपलब्धिलाई गम्भीर र निर्मम तरिकाले अध्यन गर्न जरुरी छ ।

जतिबेला नेपाली समाजमा रहेको राजनैतिक अन्तरबिरोध र त्यस्ले पारेका प्रभावले सामाजमा ठूलो उत्पिडनले मुक्ति आन्दोलनको राजनीति क्रान्ति नेपाली समुदायमा अनिवार्य थियोे । जसको नेतृत्व गर्न सक्ने राजनीति पार्टीको आबश्यक्ता लामो समय देखि खड्किरहेको थियो ।

राष्ट्रियता , जनतन्त्र र जनजिबिका नै नेपाली राज्य ब्यबस्थामा देखा परेका मुल समस्य थिए । जतिबेला राणाहरुको उदय भयो , ठिक त्यतिबेलादेखी नेपाल अर्ध उपनिवेशिक राज्य निर्माण भएको हो । त्यसैबाट मुक्तगर्न नेपालमा थुप्रैपटक आन्दोलन भएका छन ।

अन्तमा हरेक आन्दोलन बिदेशी साम्राज्यवाद नोकरशाही दलालहरु बिचमा सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनतालाई अस्थिर र अनिर्णयको बन्दि बनाउने गरेका छन् । सरकार बदलिनुलाई राज्यब्यबस्था नै बदलिएको भ्रममा पार्दै घरेलु दलाल प्रतिक्रियावादी तत्वले भ्रम फैलाउदै आएको पाइन्छ ।२००७ सालमा भएको प्रजातान्त्रिक समाजबादी आन्दोलनको नाममा काँग्रेसले चलाएको ससत्र आन्दोलन बाट स्थापित भएपछि राजा राणा बीचमा भएको त्रिकोणात्मक सम्झौतालाई नेपाली काग्रेसले महान उपलब्धि मुलक क्रान्ति भनेर ब्याख्या गर्नु नै नेपाली काग्रेसमा गम्भीर राजनीति भ्रम रयो । प्रधानमन्त्री मोहन शंसेर राणलाई बनाउने अनि राणा विरुद्धमा महान र सफलता मुलक क्रान्ति भन्नुले नेपाली जनता माथी भ्रामक जुट प्रचार धोका पुण प्रचार गरियो त्यो प्रचारले २०१५ सालको चुनावबाट दुईतिहाईको सरकार बनो र केही सत्ताको एरिफेरिमा रएर प्रजातान्त्रिक सामाजबादलाइ धोती लगाएर सत्ताको मोह चुस्तै थिए तर त्यो लामो समय टिक्न सकेन २०१७ सालमा पन्चायतिहरुको गुरु योजनामा दरबारियाहरुले बिपि कोइरालाको शक्तिशाली सरकारलाई कु गरिदिए त्यस पछिको समिक्षामा तत्कालीन नेता बिपिले आफ्नो आत्मबृतान्त लेखमा मैले मुक्तिसेना विघटन गर्नु महाभुल भएको हो,भन्नू नै क्रान्ति छोड्नु भुल भयो भनी घुमोउरो पाराले सुइकार गरिएको थियो ।
२०२८ सालमा भारतमा भनेको नक्सलबादी आन्दोलन बाट प्रभावित भए झापामा पुर्बी कोडिनेटर कमिटिको नाममा तत्कालीन मालेले नौलो जनबादको हबला दिदै बिद्रोह गर्‍यो । उदेश्य सहि थियो,तर आन्दोलन लक्ष्यमा पुर्याउने सक्ने परिपक्क कार्यक्रम र दीर्घकालीन योजना बनाएर अगाडि बड्न्न सकेने जस्का काणनजनताको समर्थन र पहलकदमी कम रयो तर पनि त्यो बिद्रोह आम नेपाली जनतामाज एउटा उर्जा र सन्देश मुलक रयो । त्यस्को जगमा तत्कालीन माले र त्यसको बिकशित रुप एलाले पाटी स्थापित हुन पुग्यो ।तर बिन्डमबना क्रान्तिकारी उचाइ लाई दक्षिण पन्ति अबसरबादमा परिणत गरियोयो । जस्ले संसदिय ब्याबस्थाको बाटो अबलम्बन गर्‍यो र नौलो जनबादी आन्दोलन लाई प्रजतन्त्रको हबला दिदै बर्गिय मुक्ती आन्दोलनबाट बिमुख भएर उदार पुजीवादी बाटो समायो र माक्र्सवादको चर्को समर्थन गर्दै एनजीओ आइ एन्जियोको पुछर बनेर चौतर्फी घेराबन्दीमा पर्दै गयो । जस्ले राष्ट्रियताको लागि अडिग रहन सकेन ।बुरु राष्ट्र बादी माथी चलखेल र तिक्तदमको सुरात भयो । त्यसैको परिणाम तत्कालीन एमालेका महा सचीव मदन भण्डारीको रहस्यमय तरिकाले हत्या भयो जुन कुरा कस्तुरीले आफ्नो काल आफ्नै नाभिमा भएको जस्तै तत्कालीन एमालेमा मौलाएको एनजीओ नै पुजिबादको बाट अलबन गर्न्ने र माक्सबादी बिचारलाइ तिलान्जली दिन सफल रहेको तितो सत्य बन्न गएको छ । त्यस पछि एमाले र क्रार्गेस बिच सत्ता सन्चालन गर्न्ने दाउ पेज निणन्तर चलिरयो । त्यस बखत राष्ट्र र जनतालाइ बलियो बनाउनुको साटो सत्ताको लागि बिदेशी सामु सबै प्रकारका गलत सम्जोता गर्दै उद्योग कलकारखाना बेच्ने र सम्पूर्ण हिसाबले वैदेशिक बहुराष्ट्रिय पुजीलाई भित्र्याएर राष्ट्रिय पुजि र श्रोत साधन बिदेशीको जिम्मामा सुम्पिने र देशको महत्त्वपूर्ण नदिनाला भारतलाई सुम्पेर नित्कृष्ट राष्ट्रघात गर्‍यो । जस्ले गर्दा राजनीति स्थिरता भन्दा सार्बभौमसत्ता भौगोलिक अखण्डता र रोजगार र प्रजातन्त्रलाई बिदेशी सग बुझाउन थाल्यो । जस्ले अनिवार्य राजनीति क्रान्तिको जरुरी बन्दै गयो । त्यसको परिणाम स्वरुप नेकपा माओवादीको अगुवाइमा जनयुद्धको आधार तयारी भयो र आज भन्दा २६ बर्ष अगाडि । २०५२ साल फाल्गुन १ मा जनयुद्धको सुरु भयो जनयुद्ध बर्गिय,जातीय , क्षेत्रिय लिङ्गीय मुक्तिको मुल मुद्दामा केन्दृकृत थियो ।

त्यसैकाकारण जन जनयुद्धले छिटै आफ्नो स्थान जमाउदै जनसहभागिता मुलुक अगाडि बड्न सफल भयो । त्यही बेला आतिएर तत्कालीन सत्तारूढ दलहरूले राजनीति समस्या भन्दा बन्दुकको बलमानै माओवादी समाप्त गर्ने रणनीतिको नीति अबलम्बन गर्‍यो । जसको परिणाम माओवादी पार्टीले प्रतिरक्षा र प्रतिरोधात्मक आन्दोलनकै दौरानमा आफ्नै जनमुक्ति सेना हतियार स्थानीय जनसत्ता निर्माणकार्य अघि बढायो । २०५२ साल फाल्गुन एक देखि २०६० सालसम्म क्रान्ति सन्तुलनमा पुग्न सफल रह्यो । दुर्भाग्यपूर्ण माओवादी जनयुद्धलाई राजनीति आर्थिक सामाजिक रूपमा ससक्त बनाउने तर्फ भन्दा दक्षिणपन्थी धार र क्रान्तिकारी धारमा अन्तरबिरोध चर्को बन्दै गयो । रहस्यमय तरिकाले मोहन बैद्य किरण सिपि गजुरेल लगाएतको क्रान्तिकारी शक्तिलाई भारतमा गिरफ्तार हुन त्यसपछि बाबुराम भट्टराई र प्रचण्ड बिचको बैचारिक अन्तर बिरोध समाधान भएर जानुलाई रहस्यमय मान्न सकिन्छ । १२ बुँदे दिल्ली सम्झौता जनयुद्धको बिधिवत अन्त्य र संविधान सभाको चुनावका जाल फालिनु नेपाली जनताको वर्गसंघर्ष बलिदानलाई यथावत छोडेर पुरानै ब्यबस्ताको पुनर ब्यबस्थापन गर्नु प्रचण्ड बाबुरामको दक्षिण पन्थी राजनीति बैचारिक तथा संस्कृतिक बिचलनको सुरुवात भएको थियो ।

वर्गसंघर्षले स्थापित गरेका जनतामा मुल एजेन्डा यथावत राखेर नबसामन्तवाद तथा दलाल पुजीवादी माफियासग बैचारिक संघर्स गर्नुको साटो दशबर्षसम्म जनयुद्धको नेतृत्व गरेको मुल नेतृत्व सम्झौतामा आत्मसमर्पण गर्न पुगेपछि नेपाली वर्गसंघर्ष सर्बनास र सन्न्टाको अबस्थामा पुगेको हो तर पनि जनतालाइ भ्रम पुण
। लोकतान्त्रिक गणतन्त्र शब्दमा बादिएर राख्ने कार्य भयो ! तर सचेत ननताले एक प्रश्नले धेरै उत्तर खोजिरहेको थियोे । लोकतान्त्रिक गणतन्त्र एमाले काग्रेस माओवादी राजनीति दृस्ठिकोण भन्दा फरक कोणमा बिकास बनेर आयो ।

काग्रेसले प्रजातान्त्रिक समाजबाद तत्कालीन एमालेको जबज बिदेशीलाई बुजाइ सके पछि माओवादीले भनेको नौलो जनबाद बैचारिक सैद्धान्तिक रूपमा स्खलित हुने अबस्थामा पुगो । त्यस पछि बिचार सिन्दान्त बिना प्रचण्ड हरु पुरानै दलाल संसोधिय ब्याबस्थाको लड्न लागेको घर पोत्ने कार्यमा तल्लिन भएका छन् । तर हजारौ सपना बोकेर जनताको सचेत पहलमा बैज्ञानिक समाजबादी राज्य ब्याबस्थाको लागि एकीकृत जन क्रान्तिको निर्माणमा जुटिरहेको छ।

त्यसको लागि दक्षिणपन्थी आत्मसमर्पणबादको बिकल्पमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माणको सुन्दर क्रान्तिकारी शक्तिको महान बहसमा उभिएर राष्ट्रियता,जनतन्त्र जनजिबिकाको बैज्ञानिक सोम्बुधन गर्ने राजनैतिक ब्याबस्था निरमाणका लागि बैज्ञानिक समाजबादको सिद्धान्त निष्ठ नेता कार्यकर्ताको असली फौज निर्माणकालागि पहल गर्दै बर्तमान अस्थिरता दलाल संसोधिय ब्याबस्थाको अन्त्य गदै जनतालाई बैज्ञानिक समाज बादी ब्याबस्था केन्दृकृत गर्दै माहान सपना पूरा गराउने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार