logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भागरथीकाे ह’त्यारा चिनजानकै आफन्त !


  • पत्रपत्रिका
  • आइतबार, फाल्गुन २ २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भा’गरथी भट्टको बला’त्कार र ह’त्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ ।

अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बला’त्कार र ह’त्या भएको बताएका छन् । ‘घटना’स्थलको भौगोलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन । चिनजानका स्थानीय व्यक्तिबाट बला’त्कार र ह’त्या भएको हो,’ दोगडोकदारमा बसेर अनु’सन्धान गरिरहेका सुवेदीले भने । सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनु’सन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बनाए । ‘हामी तुरुन्त दोषी पत्ता लगाउँदै, सार्वजनिक गर्छौं,’ उनले भने ।

प्रहरी भागरथीको बला’त्कार ह’त्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य प्रमाण जुटाउन भने बाँकी रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार