logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तेस्राे चरणकाे आन्दोलन घाेषणा गर्दै प्रचण्ड माधव समूह


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

नेकपा प्रचण्ड–माधव पक्षले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालले दिउँसो २ बजे तेस्रो चरणका आन्दोलन घोषणा गर्ने जानकारी दिए ।

‘आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ,’ रिजालले जानकारी दिए ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षसहित अधिकांश राजनीतिक पार्टीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार