logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बिनयजंग बस्नेतलाई पक्राउ गर्दै प्रहरी,यस्तो छ कारण


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

प्रहरीले बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई पक्राउ गर्ने तयारी गरेको छ । बिबिसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिईन् ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। प्रहरी अहिले पक्राउ पुर्जी लिनको लागि अदालत गएको छ । अदालतबाट पुर्जी आउनेबित्तिकै उनलाई पक्राउ गरिने तयारी गरिएको छ । तर, बस्नेत भने यतिवेला काठमाडौं बाहिर छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार