logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माधव र बाबुराम बिरुद्ध ललिता निवास प्रकरणमा मुद्दा


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई र माधव कुमार नेपाल विरुद्ध मुद्दा चलाउने–नचलाउनेबारे प्रमाण बुझने ओदश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र हरि फँयालको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

अधिवक्ता वालकृष्ण न्यौपानेले नेपाल र भट्टराईलाईसमेत लाई मुद्धा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन मन्त्री र सचिव समेतलाई मुद्दा चलाएको अख्तियारले उनीहरूलाई भने छुट दिएको भन्दै उनीहरुलाई पनि मुद्दा चलाउनुपर्ने जिकिर न्यौपानेले दिए ।

सो मुद्दामाथि विशेष अदालतमा रहेको मुद्दाको मिसिल र संलग्न कागजात मगाएर मुद्दा लाग्ने तथा नलाग्ने विषयमा निर्णय लिन लागेको न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार