logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सिडिओ भन्दै हेडसरलाई धम्काए कानुन मन्त्रीले


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीले विधि प्रक्रिया मिचेरै शिक्षक कर्मचारीहरूलाई धम्का’उने गरेको तथ्य उजागर बनेको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कञ्चनपुरको बेलौरी नगरपालिका ९ सित्तडी फाँट स्थित सिद्ध केदारनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमानन्द जोशीलाई धम्का’एको अडियो बाहिरिएको छ ।

मन्त्री शाहले प्रधानाध्यापक जोशीलाई फोनमा स्टाफलाई मानसिक हिं’सा गर्ने ? तपाईँ सिडिओ हो र ? भन्दै न्यूनतम मर्यादा र प्रक्रिया मिचेर तर्साउन खोजेका छन् । प्रधानाध्यापकलाई फोनै गरी भन्ने उनले सम्हालेको मन्त्रालय नभए पनि मन्त्री शाहले न्यूनतम प्रक्रियाको हेक्का नराखी तर्सा’उन खोजेको देखिएको छ ।

विद्यालयका प्रधानाध्यापकले गल्ती गरेकै भए पनि शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा कार्यालय वा स्थानीय निकाय वा विद्यालय निरीक्षक मार्फत छानबिन गर्न लगाउनु पर्ने विधि र प्रक्रिया भए पनि मन्त्री शाहले सोझै फोन गरेरै हप्काउन खोज्नु शिक्षक कर्मचारीलाई तर्साउने मनसाय देखिएको छ ।

विद्यालयमा राहत अनुदान कोटामा कार्यरत शिक्षिका गौरी कुमारी चन्दले कक्षामा विद्यार्थीलाई राम्रोसँग नपढाउने, कुट्ने यातना दिने गरेको अभिभावकबाट आए पछि माघ २८ गते विद्यालयको स्टाफ बैठकमा आइन्दा यसो नगर्न सम्झाइएको प्रधानाध्यापक जोशी बताए । सोही विषयलाई लिएर शिक्षिका चन्दले मन्त्री शाहलाई कुरा लगाए पछि उनले आवेगमा आएर सोझै प्रधानाध्यापक जोशीलाई धम्काएका हुन ।

मन्त्री शाहले महिला शिक्षा आफूमाथि हिंसा’जन्य व्यवहार गरेको भन्दै भेट्न आएको बताएका छन् । मन्त्री शाहले भने, ‘हिंसा’जन्य व्यवहार गरेको भन्दै शिक्षिका गौरी कुमारी चन्द मलाई भेट्न आउनु भएको थियो । मैले के कस्तो रहेछ सम्झाउँछु भने, फोन गरेर प्रधानाध्यापक प्रमानन्द जोशीलाई महिला जन्य हिं’सा गर्न हुन्न भने, शिक्षिकाले कानुनी प्रक्रियामा आएर उजुरी दिनु राम्रो नहोला भनेर सम्झाएको हुँ ।’

शिक्षिका चन्दको विद्यालयका शिक्षक कर्मचारी सँग समेत सम्बन्ध राम्रो नभएको बुझिएको छ । शिक्षिका चन्दको व्यवहार मिलनसार नभएको र ०७२ साल देखिनै बेलाबेलामा उनको बारेमा अभिभावक र विद्यार्थीहरूबाट समेत गुनासो आउने गरेको सोही विद्यालय एक पूर्व शिक्षकले बताए ।

महिला शिक्षिका चन्दले भने आफूमाथि पटक पटक नसिक यातना दिएको बताइन् । हाम्राकुरासँगको कुराकानीमा उनले भनिन्,’ विद्यालयमा मलाई काम गर्ने वातावरण दिइएन । पटक पटक मानसिक यातना दिइन्छ, गाउँघरमा भएका कुरा ल्याएर मेरो कुरा काट्छन्, कहिले पानी खान नहुने भन्ने , मैले कसरी काम गर्ने ? मेरा पनि छोराछोरी छन् पेट पाल्नु छ । मलाई सहज रूपमा काम गर्न दिउन् मेरो माग यति हो ।’

शिक्षिका चन्दले विद्यार्थीलाई कुटपिट र यातना दिने गुनासो राखे पछि आफू पनि बैठक गएर सम्झाएको हुँ र प्रअ जोशीले कुनै खालको हिंसाजन्य शैलीमा बोलेको वा व्यवहार नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर सिंह विष्टले बताए । विगत देखिनै कक्षा कोठामा राम्रो सँग अध्यापन नगर्ने विद्यालय प्रशासनले सम्झाउँदा प्रदेशको मन्त्री गुहारेर धम्क्याउन खोज्नु गलत भएको अध्यक्ष विष्टले बताए ।हाम्राकुराबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार