logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शिर्ष नेतालाई जेल काेच्ने तयारी, पहिलाे निशाना माधव र बाबुराम


  • राजनीति
  • सोमबार, फाल्गुन ३ २०७७

केही समय अघि सार्वजनिक सभा मार्फत मांसहारी आन्दोलन गरे चिलियाखाना काेच्ने धम्की गृहमन्त्री थापाले दिए, पटकपटक प्रचण्ड लगायता नेतालाई हेग पुर्याइदिने धम्की ओली समुहका शिर्ष नेताकाे थियाे । पुर्व प्लानिङ्ग अनुसार अहिले ओली राज्यका हर अंगकाे दुरुपयोग गर्दै राजनीतिक प्रतिसाेध राखेर नेताहरुमा आक्रमण गर्न सुरु गरेका छन् ।

बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश दिएको छ । आज सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाणहरु झिकाउन आदेश दिएको हो ।

अभियोगपत्रको प्रमाणित प्रतिलिपि र मुद्दा दायर गर्दा अख्तियारले तयार गरेका कागजातहरु समेत झिकाउन आदेश दिएको हो ।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई विपक्षी बनाई तत्कालीन प्रधानमन्त्री नेपाल समेतलाई मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए । उनले रिटमा राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरेको उल्लेख गरेका छन् ।

रिटमाथि सुनुवाई गर्दै प्रमाण झिकाउन आदेश दिइएपछि राजनीतिकवृत्तमा तरंग आएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै रिट दायर भएको थियो । पूर्व प्रधानमन्त्री नेपालले यसअघि आफूलाई जेल हाल्न खोजिएको विषय उठाइरहँदा अदालतको पछिल्लो आदेश आएको हो । यो मामलामा नेपाललाई मुद्दा चलाउन मिल्ने या नमिल्ने विषयमा प्रमाणित कागजातहरु झिकाउन आदेशमा उल्लेख छ ।

यसैगरी, अख्तियारले लडाकुको रकम हिनामिनासम्बन्धी विषयमा छानविन अगाडि बढाउने तयारी गरेको बुझिएको छ । तत्कालिन माओवादी अध्यक्ष प्रचण्डमाथि लडाकुको रकम हिनामिनाको आरोप लाग्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गएका पूर्व माओवादी नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले लडाकुका लागि आएको अरबौं रकम खोइ ? भनी प्रश्न उठाएका छन् । उनले बुटवलमा शनिबार बोल्दै लडाकुलाई दिइएको १९ अर्ब खोइ ? भनी प्रश्न गरेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार