logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

झाँक्री छाेडेपछि गृहमन्त्रीकाे एक्सनमा परे अपराधका एसएसपी थापा


  • राजनीति
  • मंगलबार, फाल्गुन ४ २०७७

गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापालाई हटाएर चन्द्रकुँवेर खापुङलाई पठाएको छ ।

गृह मन्त्रालयले सोमबार थापाको ठाउँमा काज सरुवा गरी खापुङलाई अपरा’ध महाशाखा पठाएको हो । थापा १० महिनाअघि अ’पराध महाशाखाको नेतृत्वमा पुगेका थिए ।

स्रोतका अनुसार रामकुमारी झाँक्रीलाई छाडेपछि गृह मन्त्री रामबहादुर थापाले एसएसपी थापालाई त्यहाँबाट हटाएका हुन् । थापाको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा गरिएको छ ।

थापाको कार्यकालमा महाशाखाले ठुला आप’राधिक घट’नाहरूमा सफलता हात पारेको थियो भने पुराना घटनाहरूसमेत सफल रूपमा अनुसन्धान भएको मानिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार