logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भागरथीकाे ह’त्या गर्ने सार्वजनिक पदका व्याक्ती, भारत भाग्दै गर्दा प’क्राउ


  • राजनीति
  • मंगलबार, फाल्गुन ४ २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भा’गरथी भट्टको बला’त्कार र ह’त्यामा सं’लग्न रहेको आ’शंकामा एक व्यक्तिलाई प’क्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट प’क्राउ गरिएको स्रोतको दाबी छ । यद्यपि अनुस’न्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन ।

भाग’रथीको ह’त्या भएको दिन ती व्यक्ति पनि घटना’स्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ ।

‘भा’गरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो ।

घटनाको अनुु’सन्धानमा सं’लग्न एक अनु’सन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्र’णमै रहेका छन् । भारत भाग्न लागेको आशंकामा उनलाई प’क्राउ गरिएको थियो ।

अनुस’न्धानको क्रममा घटनाको समयमा उनी घट’नास्थल नजिकै पाइएको र घट’नामा सं’लग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको उनको भनाइ छ । स्रोत भन्छ, ‘भेटिएको मोबाइलको ब्याट्रीबारे कुकुरले गरेको संकेतबाट ती व्यक्ति शं’काको घे’रामा थिए ।’

यद्यपि घटनामा उनको सं’लग्नतालाई पुुष्टि गर्न भेजा’इनल स्वा’ब र घटना’स्थलमा भेटिएको वी’र्यको डिए’नए टेष्ट गर्नुपर्ने हुन्छ । पक्रा’उ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

एकजना शं’कितलाई प’क्राउ गरेकोबारे केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्त कुँवर कोही प’क्राउ परेकाबारे कुनै जानकारी आइनसकेको बताउँछन् ।

घटना’स्थलमा रहेका प्रहरी अधिकारी पनि यस सम्बन्धमा केही बोल्न मान्दैनन् । अहिले घटनाको अनुसन्धान भइरहेकाले प’क्राउ परेको वा नपरेको बारे केही बोल्न नमिल्ने बताउँछन् । ती अधिकारीले भने, ‘हामी अ’पराधीको नजिक छौँ । प’क्राउ परेको वा नपरेको भन्ने बेला भएको छैन । केही व्यक्तिमाथि क्लोजि मनिटरिङ गरिरहेका छौँ । अहिले धेरै कुरा बोल्ने अवस्था छैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार