राजनीति
पोखरा- पोखरा लेखनाथ महानगरपालिकाको नाम लामो भएको भन्दै परिवर्तन गर्ने तयारी गरिएको छ ।
महानगरपालिकाले असार १० गतेबाट शुरु हुने नगरसभा मार्फत लेखानाथ शब्द हटाएर पोखरा महानगरपालीका मात्रै राख्ने तयारी गरिएको स्रोतले बताएका छन।
साविकको लेखनाथ नगरपालिकामा पर्ने २६ देखि ३३ वडा सम्मका सबै वडाध्यक्षहरु नाम परिवर्तन गर्न सहमत भएकोले आगामी नगरसभामा नाम फेर्ने प्रस्ताव गरेर पारित गर्ने योजना महानगरपालिकाले बनाएको छ ।
यसअघिको नगरसभामै नाम फेर्न अधिकांश सभा सदस्य सहमत भएपनि मेयर मानबहादुर जिसीले निर्णय गराउन सक्नुभएको थिएन ।
मेयर जिसीले नाम फेर्ने प्रस्तावमा अधिकांशको सहमती भएपनि बिरोध गर्नेहरुका कारण पोखरावासीमा नकरात्मक प्रभाव पर्न सक्ने भएकाले तत्काल निर्णय नगरिएको बताउनु भयो ।
उहाँले अब भने लेखनाथ हटाएर पोखरा महानगरपालीका मात्रै राख्ने पनि प्रष्ठ पार्नुभयो ।
उता केही लेखनाथवासीहरुले भने महानगरको नामबाट लेखनाथ हटाउँदा साविकको लेखनाथको अस्तित्व नै नरहने चिन्ता समेत व्यक्त गरेका छन् ।