logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्कुलकै साथीले ब’लात्कार पछि ह’त्या गरेकाे स्वीकार


  • राजनीति
  • बुधबार, फाल्गुन ५ २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भाग’रथी भट्टको बला’त्कार तथा ह’त्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको श’व लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अ’पराधी गएको बाटो देखाएपनि अपरा’धीको घरसम्म पुग्न सकेको थिएन ।

भट्टको बला’त्कार र ह’त्यामा संल’ग्न रहेको आशं’कामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले प’क्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट प’क्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बला’त्कार र ह’त्या गरेको स्वीकार गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार