राजनीति
बैतडीकी भागरथी भट्टको ह’त्याका अभियुक्त पक्राऊ परेका छन् । उनलाई पक्राऊ गरेको पुष्टि प्रहरीले गरेको छ ।
भागरथीको ह’त्या उनकै छिमेकी युवाले गरेको पत्ता लागेपछि उनलाई पक्राऊ गरिएको हो । ती युवकले भागरथीलाई भीरमा लडाएर ब’लात्का’रपछि ह’त्या गरेको स्वीकार गरेका हुन् । उनलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।
भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँबाट एक किलोमिटर पर गएर बस्दै आएका थिए । समाजमा ती युवकको चालचलन ठिक थिएन ।
प्रहरीले भागरथीको परिवारको सम्बन्ध राम्रो नभएकाहरु देखि नजिकका सहपाठीहरुबारे बुझ्दै जाने क्रममा ती युवकको पहिचान गरेको थियो । तर, प’क्राऊ भने गरिहालेको थिएन । युवक नि’गरानीमा थिए । अन्तमा उनी शंकास्पद रहेको पत्ता लागेपछि पक्राऊ गरिएको थियो । प्रहरीले सबै प्रमाण जुटाएपछि मात्र युवक नै ह’त्याका अभियुक्त भएको निष्कर्षमा पुगेको थियो । डिएनए टेष्टलगायत प्रक्रिया समेत बढाएपछि मात्र प्रहरीले भागरथी भट्टको ह’त्याका अभियुक्तबारे खुलासा गरेको हो ।
यसअघि सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदीले हिजो दुई दिनभित्र ह’त्याका अभियुक्त सार्वजनिक गर्ने बताएका थिए । उनले ह’त्याका अभियुक्तको पहिचान भइसकेको खुलाएका थिए ।
दोषीबारे कुनै आशंका नरहोस् भन्ने हेतु यथेष्ठ प्रमाण जुटाउन प्रहरीले अनुसन्धानमा बढी समय लगाएको थियो । सम्पूर्ण प्रमाण संकलन गरेपछि मात्र सार्वजनिक गर्ने गरी शतर्कतापूर्वक अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको थियो ।
गृहमन्त्री रामबहादुर थापा बादलले भागरथी ह’त्याका दोषी नजिक पुगिसकेको खुलासा गरेका थिए । उनले भनेका थिए,‘हामी अ’पराधीको नजिक पुगिसक्यौं, चाँडै सार्वजनिक गर्छौं ।’ गृहमन्त्री बादलको भनाईले पनि घ’टनाका दोषी पत्ता लागेको पुष्टि भइसकेको छ ।
२१ माघमा १७ वर्षीया भागरथी भट्टको ह’त्या ब’लात्कारपछि भएको पुष्टि प्रहरीले गरिसकेको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बला’त्कारपछि भागरथीको घाँटी थिची ह’त्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो ।
भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रग’त समेत बगेको अवस्थामा भेटिएको थियो । प्रहरीले बलात्कारपछि ह’त्या पुष्टि गरिसकेको छ ।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वे’पत्ता भएकी थिइन् । विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । तर, उनी घर पुगिनन् । साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो ।