logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

मलाई नेता बन्ने हुटहुटि चल्यो !


  • ✍️ मुक्ति गैरे
  • बिहिबार, फाल्गुन ६ २०७७

* मलाई नेता बन्ने हुटहुटि चल्यो मेरो घरमा अभाव र भाेकमरि थियोे
तर आएर भन्दियाे अभाव र भाेकमरिलाई परिपुर्ति गर्ने अान्दोलन मार्फत लडेर मात्रै प्राप्त हुन्छ

* मेरी आमा विरामि थिईन् हामी भेटाउन चाहान्थेउ आमालाई निकाे पार्ने अस्पताल
तर उ अाएर भन्दियाे तपाईंकाे आमाकाे उपचार राज्यको लापरबाहीले नभएको हाे त्यसैले यसका विरुद्धमा बाेल्नुपर्छ

* म हिड्दै थिए न्याय खाेज्न हामी माथि भएको विभेदका विरुद्धमा
तर उ आएर भन्दियाे कि तपाईंले अब वि’द्रोहकाे झण्डा उठाउनु पर्छ

* म चाहान्थे ब’त्लकारिहरुकाे बदला लिन किन याे कुरा गुपचुप राख्ने भनेर
तर उ आएर भन्दियाे यसको बदला बन्दुकबाट लिनुपर्छ का’र्वाही गर्नुपर्छ

* म पनि भन्दिए हवस् हुन्छ अब तपाईंको बाटोमा हिड्ने छु अगाडि बढ्नेछु
उ भन्छ अब तपाईंले मैले भनेको गर्नुपर्छ याे पार्टीको र माथिल्लो नेतृत्वको निर्देशनमा चल्नुपर्छ

* म कहिले त राके जुलुस,कहिले सडक आ’न्दोलन,कहिले कार्वाहीकाे नाममा उसको पछि दुर्गुन थाले
तर उ भने भित्र भित्र हाम्रो अनुहारकाे काेटा पुर्ति गर्दै गाेजि थाप्ने काम गर्दाे रहेछ

* कहिलेकाहीँ त कयौं दिन भाेक निन्द्रा नभनी आ’न्दोलनकाे आधिहुरिमा लाग्नुपर्छ भन्दै पनि हिड्याैं
उ भने याे अान्दोलनमा सबै पचाउन सक्नुपर्छ तर हामीले सफलता पाउने छाैं

* तर उसको हत्कण्डा शुरु भयो नेतृत्व गाेपनियता र सिनियरिटि भन्दै दुस्मन संग पैठेजाेरिमा रमाउन थाल्यो
हामी भन्यौं किन यस्तो भन्दा याेत पार्टी निति र निर्देशन हाे यहीँ अनुसार ट्याक्सिस लगाउन छलफल चलाएको

* हामी भन्न थाल्यौं जसका वि’रुद्धमा लडिरहेका छाैं उ संगै बसेर,खाएर कस्तो ट्याक्सिस हुन्छ ?
उसलाई रिस उठ्न थाल्यो वा आफ्नाे विरु’द्ध बाेेलेकाे आभास गर्नासाथ हाम्रै साथी गिर्फतारिकाे सुचना दियो

* जब उसको भेद खुल्न शुरु भयो त्यतिबेलासम्म धेरै ढिला भयो कयौं क्षति भईसक्याे
हाे हामि नै कमजोरी भयौं कि बुझेर पनि बुचपचाएर मुखमा पट्टी बाधेर उसको भक्त र दास भयौं

* उसलाई महत्त्वाकांक्षा थियो कि मलाई नेता बन्ने हुटहुटी चलेको छ यसलाई कसरी प्राप्त गराैं ?
नत उ संग सिद्धान्त,दृष्टिकोण,कार्यदिशा,विचार,नत साेहि अनुसारको भावना नै मात्रै नेता बन्ने साेचमा

* रत उसले हामी जस्ता दासिहरुलाई भर्याङ्ग बनाएर आन्दोलनकाे नाममा उसको अभिष्ट पुरा गर्याे
उ अब चाहान्छ कि सेभलेण्डिङ्ग गरिदिउ नेता बन्ने चाहाना पुरा हुन्छ म बाहेक अब काेहि पनि छैन् यहाँ

* अनन्त मलाई नेता बन्ने हुटहुटि पुरा भयो सिद्धान्त, दृष्टिकोण,दर्शन,विचार,कार्यक्रम र आर्दश किन चाहियो ?
अनन्त मलाई नेता बन्ने हुटहुटि पुरा भयो अब ती भावनाकृत जनता,पार्टी कार्यकर्ता,स’हिद परिवार,घा’इते परिवार र उनका परिवार,वे’पत्ता परिवारजन किन चाहियो ?

✍️ मुक्ति गैरे(०७७/११/६ गते)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार