logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रचण्डलाई काउन्टर दिन महिलालाइ अध्यक्ष बनाउदै ओली


  • राजनीति
  • शुक्रबार, फाल्गुन ७ २०७७

निकै बि’वाद र छिनाझप्टीमा फसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टाछुट्टै हिँडिरहेका बेला ओलीले प्रचण्डलाई ‘काउन्टर’ दिने जिम्मेवारी महिला नेतृलाई सुम्पेकाछन ।

पुर्व प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवनमा ओली पक्षलाई बलियो बनाउने जिम्मेवारीसहित जिल्ला पार्टीको अध्यक्षमा दिलकुमारी (पार्वती) रावल थापा नियुक्ति भएकी हुन ।

सत्तारुढ नेकपा ओली पक्षको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्ष चयन गरेको छ । बैठकले नेता प्रकाश खनाल ‘शैलेश’लाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ ।

नेतृ रावल तत्कालीन एमालेको जिल्ला सचिव एवं राष्ट्रियसभा सांसद रहेकी हुन् । सचिव बनेका खनाल रामबहादुर थापा ‘बादल’ पक्षका नेता हुन् ।

बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटी समेत गठन गरेको छ । कमिटीका सबै सदस्यको शपथ कार्यक्रम फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष पार्वती रावलले बताएकी छन् ।

जिल्ला कमिटी बैठकले नीति, सिद्धान्त आदर्श र पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारलाई जिम्मेवारीबाट हटाएको नेकपा केन्द्रीय सदस्य पुरुषोत्तम न्यौपानेले बताएका छन् ।

नेकपाले नागरिकता सहित केन्द्रीय सदस्यलाई बाेलायाे

विभाजित दल नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ । बिहीबार टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो ।

यो समूहले यसअघि पनि नागरिकता संकलन गरेको थियो । तर, सबैको नागरिकता संकलन भएको थिएन । नागरिकता संकलनको प्रयोजन भने पार्टी अभिलेखको कागजपत्र मिलाउन भनिएको छ ।

‘नागरिकता संकलन भएपछि नै पार्टीले थप निर्णय गर्छ, अहिलेलाई अभिलेख राख्न मात्रै हो’, एक स्थायी कमिटी नेताले भने । भोलि दिउँसोसम्म नागरिकता सहित उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ ।

यो समूहले निर्वाचन आयोगमा वैधानिकताको दावी गर्दै २८७ जनाको नाम बुझाएको छ । तर, पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ मध्ये ३१५ बढी आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार