logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नागरिकता सहित निर्वाचन आयाेग जान लागेका नेकपाका नेतालाई आयुक्तले नभेट्ने

  • राजनीति
  • शुक्रबार, फाल्गुन ७ २०७७

नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यहरु नागरिकतासहित निर्वाचन अयोग जाने भएका छन् । पार्टीको आधिकारिकता विवादमा आयोगले निर्णय दिइनसकेको अवस्थामा प्रचण्ड–माधव समूहले आफूपक्षीय केन्द्रीय सदस्यलाई नागरिकतासहित आयोगमा उपस्थित गराउन लागेको हो ।

नेकपाको आधिकारिकता दाबी गर्दै आएको प्रचण्ड–माधव समूहले त्यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यलाई नागरिकता लिएर पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । यद्यपी यसले कानूनी मान्यता भने पाइसकेको छैन ।

प्रतिनिधिसभा विघटनपछि नेकपा प्रचण्ड–माधव समूह र ओली समूहमा विभाजित भएको छ । दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेका छन् ।

प्रचण्ड–माधव समूहले भने आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य रहेकाले आफूहरुले नै पार्टीको आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

आज मध्याह्न १२ बजे पेरिसडाँडामा भेला भएर १ बजे निर्वाचन कार्यालयमा नागरिकतासहित केन्द्रीय सदस्यहरु उपस्थित गराउने प्रचण्ड–माधव पक्षको तयारी छ ।
यस्तै यता निर्वाचन आयाेगले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले प्रचण्ड–माधव समूहले आज औपचारिक भेटका लागि आयोगलाई खबर नगरेको बताएका छन् ।

उनले आज आयोगको वार्षिकोत्सवका अवसरमा औपचारिक कार्यक्रम राखिएकाले तीबाहेकका अन्य कसैसँग भेटघाट तथा छलफलको कार्यक्रम नरहेको बताए ।

थपलियाले भने, ‘प्रचण्ड–माधव समूह निर्वाचन आयोग आउने कुरा मैले पनि सुनेको हो । औपचारिक रुपमा कुनै जानकारी आएको छैन । र हामी आफ्नो वार्षिकोत्सवमा व्यस्त भएका कारण आज कसैसँग भेटघाट, छलफलको कार्यक्रम तय भएको छैन ।

प्रचण्ड–माधव समूहले आफ्नो समूहका केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित निर्वाचन अयोग लैजाने तयारी गरेको थियो ।

पार्टीको आधिकारिकता विवादमा आयोगले निर्णय दिइनसकेको अवस्थामा प्रचण्ड–माधव समूहले सो तयारी गरेको थियो ।

यता निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले प्रचण्ड–माधव समूहले आज औपचारिक भेटका लागि आयोगलाई खबर नगरेको बताएका छन् ।

उनले आज आयोगको वार्षिकोत्सवका अवसरमा औपचारिक कार्यक्रम राखिएकाले तीबाहेकका अन्य कसैसँग भेटघाट तथा छलफलको कार्यक्रम नरहेको बताए ।

थपलियाले भने, ‘प्रचण्ड–माधव समूह निर्वाचन आयोग आउने कुरा मैले पनि सुनेको हो । औपचारिक रुपमा कुनै जानकारी आएको छैन । र हामी आफ्नो वार्षिकोत्सवमा व्यस्त भएका कारण आज कसैसँग भेटघाट, छलफलको कार्यक्रम तय भएको छैन ।

प्रचण्ड–माधव समूहले आफ्नो समूहका केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित निर्वाचन अयोग लैजाने तयारी गरेको थियो ।

पार्टीको आधिकारिकता विवादमा आयोगले निर्णय दिइनसकेको अवस्थामा प्रचण्ड–माधव समूहले सो तयारी गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार