राजनीति
कानुनी हिसावले फुट्न बाकी रहेको तर राजनीतिक हिसावले फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । उक्त बैठकमा अध्यक्ष नेपालले आफुहरु सग वार्ता गर्न भन्दै केपी ओलीले दुत पठाएको समेत खुलासा गरेका थिए । नेता नेपालले भने ‘ओलीले भ्रम छर्ने कोशिश गरेकाछन हामी कुनैपनी हालतमा गुलियो भ्रममा पर्नुहुदैन’ ।नेपालले विकसित परिस्थितिको आँकलन गर्दै अघि बढ्न र सोही अनुसार रणनीति बनाउनुपर्ने भएकाले पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने निश्कर्षका साथ आकस्मिक बैठक बोलाउनु परेको जनाएको हो ।
शुक्रबार आकस्मिक रुपमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा नेताहरुले पुस ५ पछि अहिलेसम्मका घ’ट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाएका थिए ।
बैठकमा आफ्नो संक्षिप्त धारणामात्रै राखेका प्रचण्डले बाँकी विश्लेषणको व्याख्या अर्का अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए । त्यसपछि अर्का अध्यक्ष माधव कुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले बदलिँदो वर्तमान राजनीतिक अवस्था, सर्वोच्च अदालतको फैसला, निर्वाचन आयोगले निर्णय गर्न गरेको ढिलाइ र प्रधानमन्त्री केपी ओलीले अझैपनि अवस्था आफ्नो पक्षमा पार्न गरिरहेको ष’ड्यन्त्र र सम्भावित कदमबारे विश्लेषण गरेका थिए ।
‘कामचलाउ प्रधानमन्त्री केपी ओलीले साम, दाम, दण्ड, भेद चारवटै विधि अपनाइरहेका छन् । उनको यो नीति नेकपा नेता कार्यकर्ताका लागि मात्रै होइन, राज्यका हरेक अंग र निकायसँग यस्तै डिल गरिरहेका छन्,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘आज आ’न्दोलनको पक्षमा उभिएका मानिसहरु पनि भोलि ओली पक्षमा जाने र फेरि पर्सी यता हामीतिरै फर्कने अवस्था विद्यमान रहेको छ ।’
अध्यक्ष नेपालले ओलीले विभिन्न भ्रमहरु छरेर मानिसहरुलाई अल्मल्याइरहेको बताए । ‘यो ओलीको भ्रमका कारण हो । कसलाई के भनेर आफ्नो पक्षमा ल्याउने र कसलाई के भनेर त्रसित पार्न हो भन्नेमा ओली सिपालु रहेछन् । मैले पनि बल्ल थाहा पाएँ,’ अध्यक्ष नेपालले अनुभव सुनाए ।
उनले ओली पावरको ‘मिस युज’ गर्दै जाँदा मानिसहरुलाई भ्रममा पार्न पनि अभ्यस्त बनेको बताए । त्यसक्रममा नेता नेपालले ओली कुनै सीमाभित्र नबाँधिने व्यक्ति भएको टिप्पणी पनि गरे । ‘राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन पहल गरेको भनेर ओलीले प्रचार गरे । हाम्रै नेतृत्वमा पनि भ्रम पैदा गर्ने कोसिस गरे, त्यो जारी नै छ । अनि धारे हात लगाउँदा लगाउँदै पनि अनेक किसिमका दूत हामीसँग वार्ता गर्न पठाइरहेका छन् । ओलीको गुलियोमा हामी भुल्नु हुँदैन’, अध्यक्ष नेपालको भनाइ थियो ।
देशभित्र र बाहिर प्रचण्ड र आफुबीचको सम्बन्ध कति चल्छ भनेर सोध्न थालिएको भन्दै उनले यसबारे जवाफ दिदाँदिदाँ हैरान हुनुपरेको नेपालले सुनाए । ‘यो सब भ्रम ओलीले छरेका हुन् । संविधानमा हुँदै नभएको अधिकार छ भनेर ओलीले प्रतिनिधि सभा विघटनको अधिकार छ भनेर अहिले अपव्याख्या गरिरहेको पनि दावी गरे । ‘ओलीमा आफु नभए सबै डुबाउने प्रवृति रहेछ । त्यो उनको एमालेमा हुँदैदेखिको हो । त्यसकारण ओली व्यक्तिवादी, गुटवादी र निरंकुश हुन्, यसमा भ्रम नराख्नुहोला’, नेपालको भनाइ थियो ।
ओलीसँगको लडाइँ बैचारिक भएको भन्दै जित आफुहरुकै हुने पनि बताए । ‘यो ठूलो वैचारिक संघर्ष हो । यो हामीले जित्नैपर्छ । अरुको कुरा त के वामदेव गौतमकै कुरा गर्नुस् । उहाँले भन्दै हुनुहुन्थ्यो, प्रतिनिधि सभा बिघटन बदर भएपछि त म यतैको हो नि मेरो नाउ नहटाउनुुस् । हो त्यसैले तपाईंहरु कसैले पनि दुविधा नराख्नुस्,’ अध्यक्ष नेपालले सदस्यहरुलाई आश्वस्त पार्न खोजेका थिए ।