logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काे काे ले पाउदैछन मुख्य जिम्मेवारी ? यसरी बन्दैछ प्रचण्ड माधव समुहकाे सबै तहकाे कमिटी


  • राजनीति
  • शनिबार, फाल्गुन ८ २०७७

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले केही दिनभित्रै प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणका बाँकी काम तथा प्रदेश कमिटीका पदाधिकारीको चयन, जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय निकायको एकीकरणको कामलाई पूर्णता दिने निर्णय गरेको छ ।

बैठकमा त्यसका लागि प्रदेश कमिटी र जिल्ला कमिटीसमेतले पाएको जिम्मेवारी र अधिकारका बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी अध्यक्ष द्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

शुक्रवारको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध पार्टीले जारी राखेको आन्दोलनको समीक्षासमेत गरेको उनले जानकारी दिए ।

सडक सङ्घर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानुनी लडाइँसमेत जारी रहेको अवस्थामा घोषणा गरिएको चौथो चरणको कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गर्न सिङ्गो पार्टी परिचालन गर्न बैठकले निर्देशित गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

यस्तै बैठकले संवैधानिक निकायले कानुन सम्मत् तरिकाले विषयको निर्णय गर्ने र त्यो देश, जनताको हितमा समेत हुने विश्वास व्यक्त गरेको छ ।

बैठकमा शुक्रवार अध्यक्ष द्वय नेपाल र दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार